नर्वेले प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिएपछि हमासले के भन्यो ?

नेपालभ्युज

नर्वेले प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिएपछि हमासले के भन्यो ?

काठमाडौं । नर्वेले युद्धग्रस्त प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिएपछि हमासले प्रतिक्रिया दिएको छ ।

हमासले नर्वेको यस निर्णयलाई ‘निर्णायक टर्निङ प्वाइन्ट’ भनेको छ।

समाचार एजेन्सी एएफपीका अनुसार हमासका वरिष्ठ नेता बसेम नइमले प्यालेस्टिनी जनताको कडा प्रतिरोधका कारण यो सम्भव भएको बताए ।

उनले भने, ‘यो निरन्तर मान्यता प्यालेस्टिनी जनताको दृढ संकल्प र प्रतिरोधको परिणाम हो ।’

प्यालेस्टिनी मुद्दामा अन्तर्राष्ट्रिय परिस्थितिमा यो निर्णय महत्वपूर्ण टर्निङ प्वाइन्ट साबित हुने नइमले बताए ।

नर्वेका प्रधानमन्त्री जोनास गार स्टोरले प्यालेस्टाइनलाई राष्ट्रको रूपमा मान्यता दिने बताएका छन् । उनले मे २८ मा नर्वेले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको रूपमा मान्यता दिने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved