घट्यो यूरो र डलरको मूल्य 

नेपालभ्युज

घट्यो यूरो र डलरको मूल्य 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहीबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलर र यूरोको भाउ घटेको छ ।

बिहीबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९६ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ५६ पैसा रहेको छ । यूरो एकको खरिद दर १४४ रुपैयाँ ०४ पैसा रहेको छ भने बिक्री दर १४४ रुपैयाँ ६७ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ०७ पैसा रहेको छ भने बिक्री दर १६९ रुपैयाँ ८३ पैसा रहेको छ । त्यस्तै, आज कतारी रियाल एकको विनिमय दर ३६ रुपैयाँ हुँदा कुवेती दिनार एकको मूल्य ४३५ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved