सन्दर्भ-माघ १९

‘पानी ट्याङीमा पैसा राखेको भन्दै मेरा विरुद्ध कुप्रचार गरियो’

देउवा नेतृत्वको सरकारमा जानु दुर्भाग्यपूर्ण

केही वर्षपहिले नै तीनतले,चारतले घर बनाउने साथीहरू अहिलेको आफ्नो पारिवारिक आवश्यकता अनुसार पार्टीलाई औपचारिक जानकारी दिएर, त्यसको औपचारिक स्वीकृति लिएर मैले जम्मा ६ कोठे घर बनाएको देखेर पिठ्यूँ पछाडि अनेकौँ नकारात्मक टीकाटिप्पणी गर्न पछि पर्नुभएन।

‘पानी ट्याङीमा पैसा राखेको भन्दै मेरा विरुद्ध कुप्रचार गरियो’

‘माघ १९’ को राजाको घोषणासँगै विभिन्न राजनीतिक पार्टीका नेता–कार्यकर्ताहरूलाई जसरी गिरफ्तार गरियो, त्यसै क्रममा म पनि समातिएको थिएँ। माघ १९ गतेको अप्रजातान्त्रिक र प्रतिगामी कदमको प्रत्यक्ष सिकार हुने व्यक्तिहरूमध्ये म पनि एउटा हुँ। प्रतिगमनको हुन्डरीले प्रजातन्त्ररूपी विशाल वृक्षका पात–हाँगाहरूलाई लछारेजस्तै लागिरहेको छ मलाई।

प्रजातान्त्रिक आन्दोलनको क्रममा यसलाई अभ्यासमार्फत नै मजबुत बनाउन यस्ता नियतिहरू भोग्नुपर्ने प्रक्रियालाई त्यति अस्वाभाविक भन्न मिल्दैन । फेरि यस किसिमको परिणतिबारे केही दिन पहिलेदेखि नै चर्चाहरू चलिरहेका थिए।

मानिसहरू ‘आज हो कि भोलि ….’ भन्दै चर्चा गर्न थालिसकेका थिए । तर, दुर्भाग्य हामी भने एककिसिमले अभिशप्त भएर पहलकदमीविहीन बनिसकेका थियौँ ।

शाही कदमको पक्षमा उभिनेहरू वर्षायामका भ्यागुतासरह देखिन थाले । उनीहरूले त्यसलाई जायज, सामयिक र राष्ट्र तथा जनता बचाउने ‘महान् कदम’ भन्दै प्रस्तुत हुन पनि खोजे। यस्ताहरूले एउटा पङ्तीमा उभिएर बहुदलवादी पार्टी तथा तिनका नेताहरूलाई तथानाम गाली गर्न थालिसकेका थिए।

राजाको घोषणामै ‘बहुदलीय प्रजातन्त्र’ शब्द परेका कारणले हुन सक्छ, यिनीहरू यसको शब्द विरोध गरिरहेका भने थिएनन् । तर, बहुदलीय व्यवस्थाका मूल आधार राजनीतिक पार्टी तथा तिनका नेताहरूको भने मानमर्दन र भर्त्सना गरिरहेका छन् । लाग्छ– जन अनुमोदित पार्टीहरूलाई निषेध गर्ने अभिप्रायका साथ ‘बहुदलीय प्रजातन्त्र’ की पक्षपोषण गर्ने नौटङ्की मञ्चन सुरु भएको छ ।

दुष्प्रचारको लागि १७ सालको सिको

‘माघ १९’ गतेको घटनासँगै एउटा भद्दा प्रहसन सुरु गरिएको रहेछ भन्ने कुरा केहीपछि मात्र मैले चाल पाए। विभिन्न राजनीतिक पार्टीका नेताहरू र बहालवाला ‘मन्त्रीहरूको घरबाट करोडौँ रुपैयाँ सुरक्षाकर्मीले जफत गरेको र उनीहरूको ‘घर घेरिएको’ आदि प्रायोजित समाचारहरू प्रसारित भएका रहेछन्।

पहिले यस्ता समाचारहरू छपाउने र व्यापक पार्ने अनि तिनै समाचारहरूलाई रेडियो र टेलिभिजनमार्फत फुकाएर देशव्यापी रूपमा बहुप्रचारित गर्ने अभियान सुरु गरिएको रहेछ। यसमा मेरो नामलाई पनि विशेष किसिमले उल्लेख गरिएको रहेछ।

केही दिनपछि मात्र मैले भइरहेका यस्तो अराजनीतिक र तेजोवध गर्ने आपराधिक कामहरूबारे चाल पाएँ। बहुदलीय प्रजातन्त्रका विरुद्धमा जबजब कदम चालिँदै आएको छ, त्यस बेला राजनीतिक दलहरू र तिनका नेताहरूका विरुद्ध यस्ता कुप्रचार हुँदै आएको तथ्य इतिहासका विद्यार्थीसामु छन् ।

२०१७ साल पुस १ गतेपछि गणेशमान सिंहको घरमा केही हजार रुपियाँ भेटिएको देखाएर ‘भ्रष्टाचारी’ भनी प्रचार गरिएको र बी.पी. कोइरालाको दराजमा भेटिएको रक्सीलाई प्रदर्शन गरेर ‘व्यभिचारी’ भन्दै गरिएको कुप्रचारको त्यो ऐतिहासिक प्रसङ्ग, वर्तमान परिप्रेक्ष्यमा पनि सम्झना भइरहेको छ।

आफ्ना प्रजातन्त्र विरोधी योजनालाई लागू गर्न र राजनीतिमा सक्रिय भई शासनभार आफ्नै हातमा लिने महत्त्वाकांक्षाका साथ अघि बढ्न खोज्दा नेपालका राजाहरूले यस्ता कामलाई अचुक अस्त्रको रूपमा प्रयोग गर्ने गरेका छन्। उनीहरूले आफ्नो प्रजातन्त्र विरोधी अभियानको ‘कास्टिङ’ नै यसरी गर्ने गरेका छन्।

२०१७ साल पुस १ गतेपछि गणेशमान सिंहको घरमा केही हजार रुपियाँ भेटिएको देखाएर ‘भ्रष्टाचारी’ भनी प्रचार गरिएको र बी.पी. कोइरालाको दराजमा भेटिएको रक्सीलाई प्रदर्शन गरेर ‘व्यभिचारी’ भन्दै गरिएको कुप्रचारको त्यो ऐतिहासिक प्रसङ्ग, वर्तमान परिप्रेक्ष्यमा पनि सम्झना भइरहेको छ।

यहाँ नेपालमा मात्र होइन, प्रजातन्त्रकाविरुद्धमा जहाँसुकै पनि शासनभार आफ्नो हातमा लिन अधिनायकवादीहरूले ‘भ्रष्टाचार विरोध’ को विषयलाई महत्त्वपूर्ण, अझ ‘प्रथम एजेन्डा’ बनाएका हुन्छन् प्रजातान्त्रिक प्रक्रियालाई सुदृढ बनाएर होइन हुकुमी शासनबाट मात्र त्यो ‘पवित्र काम’ पूरा हुने मिथ्या सपना जनताका बीचमा बाँडिरहेका हुन्छन्।

यसैको आवरणमा उनीहरू आफ्नो प्रजातन्त्र विरोधी चरम राजनीतिक महत्त्वाकाङ्क्षा र ‘लुकेका योजना’हरू अगाडि बढाउने चालमा हुन्छन्। यसलाई कुटिलताका साथ जनताको संवेदनशीलता उपयोग गर्ने औसर हो भन्ने ठान्छन्, उनीहरू। ‘माघ १९ गतेको राजाको कदमले अन्यत्र पनि लागू गरिएका त्यस्ता कुटिल अनुभवहरूको भद्दा सिको गर्न खोजेको देखिन्छ।

२०६१ माघ १९ गते पक्राउ गर्न जारी भएको पक्राउ पुर्जी र २०६२ जेठ १३ गते सर्वोच्च अदालतले रिहा गर्न दिएको आदेश

क्रान्तिकारी खोलभित्र निकृष्ट तानाबाना

माघ १९ गते गिरफ्तार भएपछि बदनाम गराउने र चरित्र हत्या गर्ने आम अभियानभित्र मलाई पनि केन्द्रित गरिएको कुरा गिरफ्तार भएको केही दिनमै मैले जेलभित्रबाट थाहा पाउन थालेको छु।

एकातिर दरवारिया तत्त्वहरू मलाई अनेक प्रसङ्गसित गाँसेर बदनाम गराउन केन्द्रित भएर लागेका छन् भने अर्कोतिर पार्टीभित्रको एउटा पङ्ती खुलेरै यो काममा लागेको कुरा थाहा पाउन मलाई धेरै समय लागेन। ‘देउवा सरकारमा पार्टीका प्रतिनिधिहरूको अयोग्यताकै कारण वा नकारात्मक भूमिकाकै कारण माघ १९’ मा राजाले कदम चाल्न सकेका हुन्’ भन्ने निष्कर्षको झन्डा फहराएर पार्टीका केही साथीहरूले अभियान छेडेको सुनिंदैछ।

‘माघ १९’ आउनुमा केके कारणहरू जिम्मेवार छन् भन्ने कुराको व्यवस्थित राजनीतिक विश्लेषणविना तत्काल देखिएको विषयलाई मुख्य कारणको रूपमा अघि सारेका छन्। ती साथीहरूले। राजाको प्रजातन्त्र विरोधी चरित्र र स्वेच्छाचारी किसिमले शासन सञ्चालन गर्ने चाहना, माओवादीहरूको बहुदलीय प्रजातन्त्र विरोधी अराजकतावादी विचार तथा हिंसात्मक गतिविधि र प्रजातन्त्रका पक्षधर राजनीतिक पार्टीहरूको अदूरदर्शिता एवं अपरिपक्वताहरूको सङ्ग्रहित परिणाम थियो ‘माघ १९’ को राजाको कदम ।

यो कुरालाई बुझ्न नसकी एकांकी तथा आग्रहपूर्ण निष्कर्षलाई मनमा राखेर सरकारमा सहभागी भएका पार्टी प्रतिनिधिहरूमाथि किन हमला केन्द्रित गरिँदै छ ? यसमा मलाई किन प्रहारको निशाना बनाइँदै छ ? यही मौकामा पार्टीको साधारण सदस्यबाट समेत निष्कासन गर्ने प्रस्ताव बोकेर केही साथीहरू ‘मुभ’ किन गरिरहेका छन् ? त्यस्तै साथीहरूले गोप्य रूपमा देशव्यापी रूपमा जारी गरेको विशेष प्रस्ताव पत्र जेलमा नै एउटा विशेष सूत्रबाट मेरो हात परेको छ।

एकातिर राजाले सम्पूर्ण रूपमा समाप्त पार्न एक्लाएर बन्दी बनाएको छ। अर्कोतिर यही मौकामा आफ्नै पार्टीका ‘कमरेडहरू’ सम्पूर्ण रूपमा समाप्त पार्न बाहिर बसेर यस्ता ‘मुभ’ गरिरहेका छन्। कस्तो विचित्र । कति कृतघ्नता ! क्रान्तिकारी राजनीतिको खोलभित्र कस्तो निकृष्ट तानाबाना !

एकातिर राजाले सम्पूर्ण रूपमा समाप्त पार्न एक्लाएर बन्दी बनाएको छ। अर्कोतिर यही मौकामा आफ्नै पार्टीका ‘कमरेडहरू’ सम्पूर्ण रूपमा समाप्त पार्न बाहिर बसेर यस्ता ‘मुभ’ गरिरहेका छन्।  क्रान्तिकारी राजनीतिको खोलभित्र कस्तो निकृष्ट तानाबाना !

दुष्प्रचारमा साथीहरूका अनुयायीहरू

केही वर्षपहिले नै तीनतले चारतले घर बनाउने साथीहरू अहिलेको आफ्नो पारिवारिक आवश्यकता अनुसार पार्टीलाई औपचारिक जानकारी दिएर, त्यसको औपचारिक स्वीकृति लिएर मैले जम्मा ६ कोठे घर बनाएको देखेर पिठ्यूँ पछाडि अनेकौँ नकारात्मक टीकाटिप्पणी गर्न पछि पर्नुभएन। यस्तो चरित्रलाई के भन्ने ? मैले ‘आकर्षक डिजाइन’ को घर बनाएको आरोप त्यस्ता साथीहरूले लगाउने गरेका छन् रे।

पार्टीभित्र हामीले एउटा व्यवस्थालाई स्थापित गरेका र केही वर्षदेखि अभ्यास पनि गर्दै आएका छौँ। कुनै पनि पार्टी नेताले आफ्नो चल–अचल सम्पत्तिको स्रोत देखाउनुपर्ने, खरिद गर्दा (जोड्दा) वा बिक्री गर्दा भएको आर्थिक कारोबारलाई कमिटीमा जानकारी दिनुपर्ने, घर बनाउँदा स्वीकृत नक्सा र त्यसको लगतसहित आफू सम्बद्ध कमिटी र केन्द्रीय अनुशासन निरीक्षण कमिटीमा बुझाउनुपर्ने (स्वीकृति लिनुपर्ने) अनिवार्य प्रचलन पार्टीमा चलाईको केही वर्ष बितिसकेको छ ।

२०६१ माघ १९ मा राजाको प्रतिगामी कदमको पृष्ठभूमि र त्यसपछिको पानीढलो विश्लेषणसहितको पुस्तक ‘माघ १९’ को कभर

योबाहेक वार्षिक रूपमा वा आफ्नो सम्पत्ति घटबढ हुँदा जानकारी गराउनुपर्ने वैधानिक व्यवस्था पनि पार्टीमा छ वास्तवमा सम्पत्ति, घर आदि विषयलाई लिएर पार्टी पङ्क्तिभित्र गम्भीर रूपमा ध्यानाकर्षण भइसकेपछि पार्टीमा सर्वसम्मत किसिमले गरिएको व्यवस्था हो, यो यसको पालना सबैको लागि अपरिहार्य छ ।

म आफू यो व्यवस्थाको इमानदारीपूर्वक र दृढतापूर्वक पालना गरिनै पर्छ भन्ने मान्यता राख्नेहरूमध्ये एक हुँ मैले पार्टीभित्रको यो व्यवस्थालाई पालना गर्दै आएको पनि छु । सच्चाइको अर्को एउटा सानो पाटो के पनि छ भने, पार्टीभित्रका केही साथीहरू यो व्यवस्थालाई कार्यान्वयन गर्ने मामलामा तत्पर देखिँदैनन् यसलाई पन्छाउन पाए वा अवज्ञा गर्न पाए हुन्थ्यो भन्ने मानसिकता उनीहरूले प्रकट गरिरहेका हुन्छन् ।

साँच्चै, यसलाई उनीहरूले ‘ऐच्छिक’ विषय बनाएका छन् । विडम्बना ! त्यस्तै साथीहरू वा त्यस्ता साथीहरूका विशेष अनुयायीहरू मेराविरुद्ध सञ्चार माध्यमहरूलाई कुशलताका साथ प्रयोग गरिरहेका छन् ।

केही वर्ष पहिले नै तीनतले चारतले घर बनाउने साथीहरू अहिलेको आफ्नो पारिवारिक आवश्यकता अनुसार पार्टीलाई औपचारिक जानकारी दिएर, त्यसको औपचारिक स्वीकृति लिएर मैले जम्मा ६ कोठे घर बनाएको देखेर पिठ्यूँ पछाडि अनेकौं नकारात्मक टीकाटिप्पणी गर्नसमेत पछि पर्नुभएन।

दुर्भाग्यवश सरकारमा !

दुर्भाग्यवश ! २०६१ असारमा शेरबहादुर देउवाको नेतृत्वमा गठित ‘सर्वदलीय सरकार’ मा पार्टीबाट प्रतिनिधित्व गर्न पठाइएको टिमको एउटा सदस्य म पनि बनेँ। आम साथीहरूको सहमति र संस्थागत निर्णयबाट मलाई त्यहाँ पठाइएको थियो।

अहिले मलाई लाग्छ इतिहासको एउटा अभागी कालखण्डमा मन्त्री हुन पुगिएछ। अत्यन्त प्रतिकुल परिस्थिति, समन्वयको अभाव र अत्यन्त अयोग्य नेतृत्वअन्तर्गत रहनुपरेको यो कालखण्ड एकपटक धेरै कुरा देख्ने र थुप्रै भुक्तमान सहनुपर्ने कालखण्ड बन्यो ।

भत्किँदै गरेको ठूलो घरमा बस्न गएजस्तो वा गलेर पैरोमा बग्दै गरेको ठूलो भिरालो पाखोमा हिँड्न पुगेको जस्तो भयो त्यो सरकारमा रहँदाको स्थिति। केही पहिलेदेखि नै ‘प्रतिगमन आंशिक सच्चिएको’ भन्ने गलत विश्लेषण, त्यस आधारमा निकालिएको गलत निष्कर्ष तथा निर्णय र अयोग्य नेतृत्वअन्तर्गतको ‘संयुक्त सरकार’ मा जाने पार्टीको निर्णय त्रुटिपूर्ण थियो । देउवाको नेतृत्वको सरकारमा जाने कुरा हाम्रो लागि घाँटीमा अड्किएको हाडसरह भयो न निल्न सजिलो न ओकल्न सजिलो’ ।

पार्टी केन्द्रीय कमिटीका केही साथीहरूले ‘प्रतिगमन आंशिक रूपमा सच्चिएको’ भन्ने विश्लेषणसहित सरकारमा जाने कुरा गलत हुन्छ, हामी जो गए पनि केही गर्न सक्तैन’’ भन्ने भनाइ राखेका थिए।

तर, त्यसबेला केन्द्रीय कमिटीको अत्यन्त ठूलो बहुमतले सरकारमा जाने निर्णय गरेको थियो । समीक्षा गर्नुपर्छ – हामीले गल्ती गरेकै थियौँ।

अनि असह्य भएर मनमनै रोएँ

सरकारमा जानुजति दुर्भाग्यपूर्ण थियो, त्यति नै आफ्नै पार्टीका केही जिम्मेवार साथीहरूको सुरुदेखिकै असहयोग र विरोध दुःखद थियो केहीपछि त पार्टी सदस्यहरूले सञ्चालन गरेका अखबारहरूले खुलेआम पार्टीका मन्त्रीहरूले हेरेका मन्त्रालयहरूको विरोधमा ‘मन्त्री स्वयंले घुस खान्छन् र भ्रष्टाचार गर्छन्’ भन्नेसम्मका कपोलकल्पित र भ्रमपूर्ण समाचारहरू नै छपाउन थाले । भन्नेसम्मका कपोलकल्पित र भ्रमपूर्ण समाचारहरू नै छपाउन थाले ।

अरू पक्षले सम्हालेका मन्त्रालयहरू जहाँ थोरबहुत त्यस्ता कामहरू हुने सम्भावना पनि थियो, का कुराबारेमा चूँसम्म नगर्ने ती अखबारहरूले हामीविरुद्ध जेहाद छेडे। ‘मन्त्रीले नै खाए’ भनेर समेत लेखियो – लेखाइयो पार्टीका ‘कलमजिवी’ केही व्यक्तिहरूले आफ्नै कलमले समेत त्यही लेखे, त्यस्तै अन्तरवार्तासमेत दिए ।

मेरो मनले खाएका र दौँतरी लाग्ने कतिपय कमरेडहरू समेत यस्तो गर्न पछि परेनन् । त्यसबेला मेरो मन साँच्चीकै पीडाले छट्पटाएको थियो। अझ पछाडि गएर त केही कमरेडले आफैँ मुख खोलेर मेरो नाम लिँदै ‘फलानाले त यति खायो. खतम गन्यो….. ..’ भनेको सुन्ने केही मानिसहरूले आएर मलाई नै सुनाए। त्यस बेला मेरो मन चरक्क चिरिएको थियो। म असह्य भएर मनमनै रोएको थिएँ।

पार्टीभित्रका काममा ‘वेभलेन्थ’ मिल्ने कतिपय साथीहरूलाई मैले पार्टीभित्र ‘गतिशील’ व्यक्तिको रूपमा पनि बुझेको छु। सरकार गठन हुनुभन्दा केही समयपहिले “कांग्रेससितको ‘अन्त्यहीन आन्दोलन’मा साथै जान सकिँदैन, सर्वदलीय सरकारको लागि कहीँ न कहीँ ल्यान्डिङ खोजौँ’’ भन्दै विभिन्न ठाउँमा उहाँहरूले मलाई सँगै लिएरै जानुभएको थियो।

अझ पछाडि गएर त केही कमरेडले आफैँ मुख खोलेर मेरो नाम लिँदै ‘फलानाले त यति खायो. खतम गन्यो….. ..’ भनेको सुन्ने केही मानिसहरूले आएर मलाई नै सुनाए। त्यस बेला मेरो मन चरक्क चिरिएको थियो। म असह्य भएर मनमनै रोएको थिएँ।

उहाँहरूकै आग्रहमा कुन कुन सम्भावनाबारे छलफल गरिएन कहाँ-कहाँ पुगिएन ? उहाँहरू त पूर्ण रूपले सर्वदलीय सरकारको पक्षमा हुनुहुन्थ्यो। यहाँसम्म कि कीर्तिनिधि विष्टलाई प्रधानमन्त्री स्वीकार गरेर भए पनि सर्वदलीय सरकारमा जाने कुराको प्रस्ताव बोकेर समेत विभिन्न ठाउँमा उहाँहरू पुग्नुभएकै हो अलिकपछि आएर साँच्चै शेरबहादुरको नेतृत्वमा पार्टीको तर्फबाट फलाना–फलाना साथीहरू सहभागी हुने भन्ने कुरा छलफल हुन थालेदेखि पार्टीभित्र उहाँहरूका प्रस्ताव केही भिन्न ढङ्गले प्रस्तुत हुन थालेको कुरालाई मैले पछिसम्म पनि राम्ररी बुझ्न सकिन।

पछि, ‘कार्यक्रमिक सहमतिका आधारमा सरकारमा जान सकिने’ भनी केन्द्रीय कमिटीको छैटौँ बैठकले निर्णय गरिरहँदा त्यस्ता साथीहरू बिल्कुल पृथक् प्रस्ताव अवस्थामा पुग्नुभएको थियो ! मैले यी सबै कुरा बुझिरहेको थिइनँ । यीमध्ये कै केही साथीहरू पछि गएर हामी मन्त्री भएकाहरू विरोधमा प्रचार मै लाग्नुभयो । पछि त नामै किटेर ‘घुस खाएको र गरेको प्रचार गर्दै हिँड्न थाल्नुभयो !

प्रसङ्गवश एमालेको भनिने एक जना व्यक्तिको सम्पादनमा प्रकाशित हुने एउटा साप्ताहिकले मेरो बारेमा जथाभाबी लेख्न थालेपछि पार्टीप्रति निष्ठावान् एक जना पत्रकारले उनलाई ‘किन यस्तो लेखेको के आधारमा लेखेको’ भनी सोध्दा उनले तिनै कमरेडको हवाला दिएका थिए रे । जे होस्, कुनै पनि विरोधीले समेत त्यो स्तरमा ओर्लेर गर्न नसकेको विरोध पार्टीभित्रकै केही साथीहरूले गर्नुभयो। मैले अहिलेसम्म बुझ्न सकेको छैन – आखिर साथीहरू मेरो विरुद्धमा त्यसरी किन लाग्नुभयो ?

पार्टीभित्र यस्ता केही साथीहरू पनि छन् जसलाई आफ्नो चाहना र माग पूरा गराउन पार्टीभित्र जस्तासुकै दबाब सृजना गर्न पनि पछि नपर्ने ‘कुशल’ व्यक्तिको रूपमा चिनिन्छ । पार्टी प्रकाशनसित सम्बद्ध एक जना साथीले, सरकार बनाउने बन्ने सेरोफेरोमा एक जना कमरेडले आफैँलाई उपप्रधान मन्त्री र गृहमन्त्री बनाइनुपर्ने प्रस्तावका साथ अगाडि बढ्न चाहेको कुरा सुनाएका थिए। दुर्भाग्य – सरकारमा प्रतिनिधित्व गराउने सम्बन्धमा पार्टीभित्र भएको छलफलमा त्यो प्रस्तावले प्रवेश नै पाएन।

‘दुईपैसे’ पेपरमा मेराविरुद्ध समाचार आइरहे

मेरा विरुद्ध अलि पहिलेदेखि ‘जनधारणा’ साप्ताहिकले लेख्तै आएको हो । त्यसले कहिले पार्टीभित्र वैमनस्य पैदा गराउने, एक आपसमा अविश्वास सिर्जना गराउने र कहिले भने चारित्रिक हिसाबले बदनाम गराउने समाचार तथा टिप्पणीहरू हामी केहीका विरुद्ध छाप्दै आएको हो।

यसका सम्पादक निमकान्त पाण्डेलाई मैले राम्ररी चिन्दा पनि चिन्दिनँ । पार्टीका अरू कतिपय साथीहरूले उनका बारेमा बेलाबेलामा सुनाउनुभएका केही विवादास्पद प्रसङ्गहरूबाहेक उनका सम्बन्धमा मसित विशेष थप केही जानकारी छैन पनि ।

युवराज ज्ञवाली, प्रदीप नेपाललगायत लुम्बिनी पश्चिम पार्टी काम काम गर्ने अन्य केही साथीहरूले जानकारी गराएका कुराहरूभन्दा मसित अन्य थप जानकारी छैन।

एकपटक लीलामणि पोखरेलले पनि निमकान्त पाण्डेलाई आफ्नो अनेरास्ववियुबाट कसरी हटाउनुपरेको थियो भन्ने कुरा सुनाउनुभएको थियो । पछि पार्टी खुला भएपछि अत्यन्त खुकुलो वातावरणमा उनी एमालेमा प्रवेश गरेका थिए । उनको पार्टी प्रवेश विवादित विषय पनि रह्यो। पार्टी विभाजनमा उनीद्वारा सम्पादित पत्रिकाको भूमिकाबारे प्रायः सबैलाई थाहा नै छ ।

सरकारमा गएदेखि नै यिनको अभियान जारी रह्यो। यिनैले आफ्नो पत्रिकाको कुनै अंकमा करोडौँ घुस खाएको समाचार लेखे। हुँदाहुँदा, यीमध्ये कुनै एउटाले कुनै अंकमा पैँतिस करोड खाएको कुरा छाप्यो।

यस्तै पत्रिकाहरू मेरा विरुद्ध लागि नै रहे । सरकारमा गएदेखि नै यिनको अभियान जारी रह्यो। यिनैले आफ्नो पत्रिकाको कुनै अंकमा करोडौँ घुस खाएको समाचार लेखे। हुँदाहुँदा, यीमध्ये कुनै एउटाले कुनै अंकमा पैँतिस करोड खाएको कुरा छाप्यो। एउटाले ‘बूढानीलकण्ठतिर योगेन्द्र झापालीसित मिलेर ६८ रोपनी जमिन किनेको’ आदि समाचार छाप्यो मैले थी ‘दुईपैसे’ पेपरमा प्रकाशित भइरहेका समाचारलाई कहिल्यै गम्भीरताका साथ लिइन।

तीमध्ये कतिपयलाई त दरबारको हुक्के– ढोकेहरूको पछिपछि केही याचनासाथ हिँडिरहेको कैयौँ पटक मैले देखेको थिए। एमाले प्रवेशको लहर चलेको बेला यीमध्ये कतिपयले बल्खुको एमाले अफिस खुबै धाएका पनि थिए। यिनले हूलहालमै पार्टीमा छिनेँ विचार बनाएका थिए । त्यो सम्भव भएन। एमालेको समीपबाट कुनै लाभ प्राप्त हुन नसकेको र त्यहाँ घुस्न पनि नसकिएपछि उनीहरू आफ्नो असली परिचयसहित देखापरेका थिए।

स्रोतको हवालादिँदै पानी ट्याङीमा पैसाको अफवाह

एमाले तथा बहुदलीय व्यवस्थाका विरुद्धमा यिनका पेपरमा सामग्रीहरू आइ नै रहे कस्तो विचित्र । कुनै विश्वसनीयता नचाहिने, कुनै दायित्व र जिम्मेवारी लिनु नपर्ने– समाचार पत्रहरूको यस किसिमको स्वेच्छाचारी प्रयोग बहुदलीय प्रजातन्त्रमा निर्बाध रूपमा भई नै रह्यो थुप्रै निमकान्तहरू यस किसिमका काममा लागी नै रहे।

हो, यिनै निमकान्तले ‘माघ १९ गते गिरफ्तारीको लगत्तै सुरक्षा निकायको स्रोतको हवाला दिँदै मेरो घरको छतको पानी ट्याङ्की भित्र ३ करोड फेला परेको ‘सनसनीखोज’ समाचार मुखपृष्ठमा प्रकाशित गरेका थिए।

बन्दी अवस्थामै उनको पत्रिकाको त्यो अङ्क मलाई आश्चर्यजनक रूपमा उपलब्ध गराइएको थियो । ‘माघ १९’ पछि नेताहरूको तेजोवध गर्ने उद्देश्यका साथ चलाइएको प्रतिक्रान्तिकारी र आपराधिक योजनामा को– कति लागे, मसित ती सबैको अहिले कुनै अभिलेख छैन। तर निश्चित छ – त्यस्तै उद्देश्य बोकेका केही व्यक्तिहरू त्यो आपराधिक र प्रतिक्रान्तिकारी योजनाका सहयोगी बनेर लागेको हुनुपर्छ।

राजाको प्रतिक्रान्तिका अनुचरहरू निकै जागेका छन्, यस बेला । नेताहरूका विरुद्ध त्यस्ता समाचारहरू छपाउने र व्यापक पार्ने अनि तिनैलाई रेडियो–टेलिभिजनबाट फुकेर देशव्यापी बनाउने अभियान चलाइएको छ, यस बेला । राजनीतिक क्षेत्रमा गरिएको प्रतिक्रान्ति मात्र होइन, आपराधिक गिरोहको सायद अभियान हो, यो।

कुनै विश्वसनीयता नचाहिने, कुनै दायित्व र जिम्मेवारी लिनु नपर्ने।  ‘माघ १९ गते गिरफ्तारीको लगत्तै सुरक्षा निकायको स्रोतको हवाला दिँदै मेरो घरको छतको पानी ट्याङ्कीभित्र ३ करोड फेला परेको ‘सनसनीखोज’ समाचार मुखपृष्ठमा प्रकाशित गरे।

प्रजातन्त्रवादी नेताहरूलाई कसैसित पनि भेटघाट गर्न, बोल्न नदिएर धुले अनि उनीहरूका विरुद्ध एकोहोरो यस्तो प्रचार गराउने ? ‘भ्रष्टहरूले मात्र शाही कदमको विरोध गरेका छन्’ भन्दै शाही कदमको विरोध गर्ने ‘भ्रष्टहरू’ मा मेरो नामलाई समेत निर्लज्जतापूर्वक उल्लेख गरेको सुन्दै छु । ‘प्रतिक्रान्तिका नायक’ र योजनाकार राजाले कुनै दिन यसको जवाफदेही लिनु पर्ला कि नपर्ला?

यस्तो कुप्रचारले केही भ्रम सृजना गरे पनि यिनको आपराधिक मनसायबारे ढिलो–चाँडो वास्तविकता सार्वजनिक हुने नै छ। आपराधिक योजनाका मतियारहरू दिउँसोको उज्यालोमा इमानदार मानिसतिर आँखा जुधाएर पनि हेर्न सक्ने छैनन्।

यति हो मेराविरुद्धका यस्ता कुप्रचारले – म मार्फत पार्टी नजिक बनेका, मेरो पार्टीलाई माया गर्ने मानिसहरू, मलाई चिन्ने र माया गर्ने मानिसहरू, मेरा मित्रहरू तथा मेरा आफन्तजनहरूलाई चोट पुर्‍याएको छ । केही समय भए पनि उनीहरूले त्रसित बन्नुपर्‍यो । मेरो नियतिका अंशियार बन्नुपर्‍यो । यसको लागि उहाँहरू सबैसित म दुःख व्यक्त गर्न चाहन्छु।

तेजोवध गर्न तीखो लेखनी

‘माघ १९ गते’को शाही कदमपछि मेरो चरित्र हत्या गर्ने, तेजोवध गर्ने र बदनाम गर्ने काममा खगेन्द्र सङ्ग्रौला पनि आफ्नो ‘तीखो लेखनी’ मार्फत व्यक्तिगत रूपमा ज्यादै खनिए । मेरो गिरफ्तारीको विषय, मलाई जेल लगिएको र मलाई त्यहाँ गरिएको व्यवहारको विषयलाई लिएर भारतीय रेल्वे प्लेटफर्ममा बिक्री हुने “सनसनीखेल सत्यकथा’’ को शैलीमा उनले हजारमा एक प्रतिशत पनि साँचो नभएको कुरालाई लेखेर सर्वत्र बनाए।

उनको यो काममा लोकप्रिय ‘कान्तिपुर’ दैनिकले उदारतापूर्वक स्थान दिइरह्यो। मलाई थाहा छ– खगेन्द्र सङ्ग्रौला प्रगतिशील लेखकका रूपमा चिनिन्छन्। उनका लेख–रचना धेरै मानिसहरूले पढ्छन् पनि । प्रगतिशील लेखकका नाताले राजनीतिक परिस्थिति तथा घटनाक्रमका बारेमा उनको आफ्नो विश्लेषण हुन सक्छ ।

 एकातिर सङ्ग्रौला मेरा विरुद्ध यसरी लेखिरहेका थिए भने अर्कोतर्फ राजाको कदमका पक्ष पोषकहरू मेरा विरुद्धका उनका तिनै लेखहरू साभार गरेर देशभरि वितरण गर्दै थिए।

त्यस आधारमा उनले आफ्नो दृष्टिकोण निर्माण गरेका हुन सक्छन्। त्यस क्रममा कुनै राजनीतिक पार्टी वा नेताहरूसित उनी समीप हुन सक्छन्, कसैप्रति ऐक्यबद्धता र कसैप्रति विमति प्रकट गर्न पनि सक्छन् । प्रत्येक व्यक्तिलाई जस्तै उनलाई पनि यो स्वतन्त्रता छ ।

अझ लेखक पनि भएका कारण उनले त धेरैभन्दा धेरै ठाउँमा आफ्ना लेखनीमार्फत आफ्ना ती कुरा पुर्‍याउन पनि सक्छन्। उनको यो नैसर्गिक अधिकारप्रति उच्च सम्मान गर्ने पर्छ। तर खगेन्द्र सङ्ग्रौलाले आफ्नो यो अधिकार मात्र प्रयोग गरेनन्, गलत सूचनाका आधारमा व्यक्तिगत रूपमा मलाई लाञ्छित गर्ने दुष्प्रयास गरिरहे।

नीति, विचार तथा निर्णयका प्रसङ्गमा होइन, नितान्त गलत, शतप्रतिशत झुट, कपोलकल्पित घटना–प्रसङ्गको रचना गरे, सङ्ग्रौलाले । एकातिर सङ्ग्रौला मेराविरुद्ध यसरी लेखिरहेका थिए भने अर्कोतर्फ राजाको कदमका पक्ष पोषकहरू मेरा विरुद्धका उनका तिनै लेखहरू साभार गरेर देशभरि वितरण गर्दै थिए।

कस्तो विचित्रको संयोग– जतिबेला प्रतिगमनका नाइकेहरूले मलाई विशेष किसिमले बन्दी बनाइरहेका थिए र बाहिरी संसारसितको सम्बन्धबाट बिलकुल अलग गरेका थिए, त्यतिबेलै निरोधराज पाण्डे, निमकान्त पाण्डे र खगेन्द्र सङ्ग्रौलाहरू मेरा विरुद्ध एउटै पङ्क्तिमा उभिएर तेजोवध गर्ने अभियानमा लागिरहेका थिए।

५ जेठ, २०६२
क्षेत्रीय प्रहरी इकाइ कार्यालयको बन्दी कोठा राजविराज ।

 (हाल नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष रहेका पोखरलले लेखेको पुस्तक ‘माघ १९’ बाट)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved