ढोलाहिटी ग्याङफाइट : २ जना थुनामा, ३ जनासँग धरौटी माग्ने आदेश

नेपालभ्युज

ढोलाहिटी ग्याङफाइट : २ जना थुनामा, ३ जनासँग धरौटी माग्ने आदेश

काठमाडौं । फागु पूर्णिमाको दिन ललितपुरको ढोलाहिटीमा दुई युवाको ज्यान जाने गरी भएको ग्याङ फाइटमा २ जनालाई थुनामा पठाउने आदेश भएको छ । ललितपुर जिल्ला अदालतले बिहीबार  थुनछेक बहसपछि  २ जनालाई

कारागार पठाउने र तीन जनासँग धरौटी माग्ने आदेश दिएको हो ।

सो घटनामा  चक्कु प्रहार गरेको आरोप लागेका विजय राई र उनलाई भगाएको आरोप लागेका राजु गुरुङलाई थुनामा पठाउने आदेश दिएको हो ।

अदालतले  सुलभ राई र विशाल हाङमुकारुङ राईसँग पाँच पाँच लाख र छेन्विहाङ राईसँग ७ लाख रुपैयाँ धरौटी माग्ने आदेश दिएको छ ।

यो पनि 

फागु पूर्णिमाको रात, जहाँ खेलियो ‘रगतको होली’ !

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved