नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ३० लाख धरौटीमा छाड्न आदेश

नेपालभ्युज

नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ३० लाख धरौटीमा छाड्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटार्नी शरणार्थी प्रकरणमा पूर्वसांसद एवं कांग्रेस नेता आङटावा शेर्पालाई ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

न्यायाधीश कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले शेर्पालाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनको आदेश बदर गर्दै धरौटीमा छाड्न आदेश दिएको हो ।

यस्तै उच्चले थुनामा पठाएका गोबिन्दकुमार चौधरीलाई पनि सर्वोच्चले धरौटीमा छाड्न आदेश दिएको छ । अदालतले चौधरीसँग १० लाख रुपैयाँ धरौटी माग गरेको छ ।

तत्कालिन हज समितिका अध्यक्ष शमशेर मियालाई पनि सर्वोच्चले साधारण तारेखमा छाड्न आदेश दिएको छ । मियालाई उच्च अदालतले १० लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।

सो प्रकरणमा काठमाडौं प्रहरी परिसरको अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालयले ठगी, सरकारी कीर्ते, संगठित अपराध, राज्यविरुद्धको अपराधलगायत कसुरमा उनीहरुविरुद्ध अभियोग पत्र दायर गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved