रियल मड्रिडले जित्यो ३६ औं पटक स्पेनिश ला लिगाको उपाधि

नेपालभ्युज

रियल मड्रिडले जित्यो ३६ औं पटक स्पेनिश ला लिगाको उपाधि

काठमाडौं । रियल मड्रिडले स्पेनिश ला लिगाको उपाधि जितेको छ ।

बार्सिलोना जिरोनाविरुद्ध ४–२ ले पराजित भएसँगै रियलले लिग उपाधि जित्ने पक्का भएको हो । बार्सिलोनाले खेलमा दुई पटक अग्रता लिएपनि हार बेहोर्न पुग्यो ।

रियलको ३४ खेलमा ८७ अंक रहेको छ । दोस्रो स्थानमा रहेको बार्सिलोनाको ३४ खेलमा ७३ अंक छ । रियलले शनिबार राति नै भएको खेलमा काडिज विरुद्ध ३–० को जित हासिल गरेको छ । रियलको जितमा ब्राहिम डियाज, जुड बेलिंघम र जोसेलुले एक एक गोल गरे ।

३६ पटक स्पेनिश लिग जितेर रियलले कीर्तिमान बनाएको छ । बार्सिलोनाको २७ पटक उपाधि जितेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved