जापानका विदेशमन्त्री कामिकावा आज नेपाल आँउदै

नेपालभ्युज

जापानका विदेशमन्त्री कामिकावा आज नेपाल आँउदै

काठमाडौं । जापानकी विदेशमन्त्री योको कामिकावा आज नेपाल आउदैछिन् । नेपाल भ्रमणका क्रमममा मन्त्री कामिकावा आज काठमाडौं आउन लागेकी हुन् ।

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा उनी नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

एक दिन नेपालमा रहने कामिकावाले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेट गर्नेछिन् ।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा उनले उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री श्रेष्ठसँग भेट र द्विपक्षीय वार्ता गर्ने कार्यतालिका छ ।

नेपाल र जापानबीच विकास सहयोग तथा जनसम्बन्धको बलियो सम्बन्ध रहेकोमा यो भ्रमणले त्यसलाई थप विस्तार गर्ने मन्त्रालयले जनाएको छ।

नेपालस्थित जापानी दूतावासले पनि यो भ्रमणले दुई देशबीच कूटनीतिक सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास लिएको छ।

जापानकी विदेशमन्त्री कामिकावा आजै स्वदेश फर्कने छिन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved