बैङ्लोरसँग गुजरात ४ विकेटले पराजित, जितसँगै बैङ्लोर साँतौ स्थानमा उक्लियो

नेपालभ्युज

बैङ्लोरसँग गुजरात ४ विकेटले पराजित, जितसँगै बैङ्लोर साँतौ स्थानमा उक्लियो

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैङ्लोर (आरसीबी) ले गुजरात टाइटन्सलाई हराएको छ । गएराति भएको खेलमा बैङ्लोरले गुजरातलाई ४ विकेटले हराएको हो ।

गुजरातले दिएको १ सय ४८ रनको लक्ष्य पछ्याएको बैङ्लोरले १३ ओभर ४ बलमा ४ विकेट गुमाएर भेट्टायो । बैङ्लोरका कप्तान फ्लाप डु प्लेसिसले सर्वाधिक ६४ रन बनाए ।

त्यसअघि टस हारेर पहिला व्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो । उसका शाहरुख खानले ३७ रन बनाए । जितसँगै बैङ्लोर ११ खेलमा ४ मा जित र ७ मा हार व्यहोरेर ८ अंकका साथ तालिकाको सातौँ स्थानमा उक्लिएको छ ।

समान खेल र समान अंक रहेको गुजरात रनरेटका आधारमा नवौँ स्थानमा छ । आईपीएलमा आज दुई वटा खेल हुँदै छन् ।

पहिलो खेल पञ्जाब किङ्स चेन्नई सुपर किङ्स बीच नेपाली पौने ४ बजे खेल हुनेछ । यस्तै दोस्रो खेलमा लखनउ सुपर जायन्ट्स र कोलकात्ता नाइट राइडर्स खेल्दैछन् । यो खेल बेलुका पौने ८ बजे हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved