दोदा नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई किशोरको मृत्यु

नेपालभ्युज

दोदा नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई किशोरको मृत्यु

काठमाडौं । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको छ ।

अन्य दुईजना घाइते भएका छन् । दोदा नदीमा डुबेर बेलौरी नगरपालिका–७ शान्तिपुरका १७ वर्षीय राजेन्द्र कुँवर र विजय कुँवरको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले दुवै शव परीक्षणका लागि बेलौरी स्वास्थ्य केन्द्रमा राखिएको जानकारी दिए

शान्तिपुरका समीर सुवेदी र शिशिर विष्ट घाइते भएका छन् । घाइतेमध्ये एकजनाको धनगढी र अर्काको बेलौरीस्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

उनीहरु शनिबार पौडी खेल्न दोदा नदी गएका थिए । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved