टोपबहादुर जिल्ला अदालतबाट फैसला नहुँदासम्म थुनामै बस्नुपर्ने

नेपालभ्युज

टोपबहादुर जिल्ला अदालतबाट फैसला नहुँदासम्म थुनामै बस्नुपर्ने

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा निलम्बित सांसद टोपबहादुर रायमाझीलाई छाड्न अस्वीकार गरेको छ । यो प्रकरणमा थुनामा रहेका १० जनाले गरेको पुनरावेदनमा सुनुवाइपछि बिहीबार सर्वोच्च अदालतले आदेश गरेको छ ।

बिहीबार सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा कुमार रेग्मी र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले यस्तो आदेश गरेको हो ।

सर्वोच्चले ३ जनालाई मात्र धरौटी र साधारण तारेखमा छाड्न आदेश गरेको छ । आङटावा शेर्पा र गोविन्दकुमार चौधरीलाई धरौटीमा छाड्न आदेश गरेको छ । शमशेर मियाँलाई साधारण तारेखमा छाड्न भनिएको छ ।

काठमाडौं जिल्ला अदालतले तत्काल पक्राउ परेका १८ मध्ये १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको थियो भने उच्च अदालत पाटनले ९ जनाको हकमा थुनामा पठाउने जिल्ला अदालतको आदेश सदर गरेको थियो ।

त्यसपछि उनीहरु सर्वोच्च अदालत पुगेका थिए । रायमाझीसँगै सचिव टेकनारायण पाण्डे, सानु भण्डारी, केशव दुलाल, सन्देश शर्मा, डा. ईन्द्रजित राई, सागर राईको हकमा भने थुनामै रहने आदेश भएको छ ।

अब थुनामा रहेकाहरू कम्तीमा जिल्ला अदालतबाट फैसला नहुँदासम्म थुनामै बस्नेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved