उपनिर्वाचन : ६९ मतदान केन्द्र अति संवेदनशील, मतदानको तयारी तीव्र

नेपालभ्युज

उपनिर्वाचन : ६९ मतदान केन्द्र अति संवेदनशील, मतदानको तयारी तीव्र

काठमाडौं । इलाम र बझाङमा शनिबार हुन लागेको उपनिर्वाचनको मतदानका लागि तयारी तीव्र पारिएको छ ।

इलाम–२ मा प्रतिनिधिसभा र बझाङ–१ मा प्रदेशसभा सदस्यको उपनिर्वाचन हुन लागेको हो । त्यहाँ प्रहरीले १ हजार २४ जना जनशक्ति खटाउने भएको छ ।

मतदान केन्द्रलाई सामान्य, संवेदनशील र अति संवेदनशील गरी तीन वर्गीकरण गरेर सुरक्षा व्यवस्थापन मिलाइएको केन्द्रीय प्रहरी प्रवक्ता भीमप्रसाद ढकालले जानकारी दिए ।

प्रहरी प्रवक्ता ढकालका अनुसार, इलाममा ७१ मतदान केन्द्र सामान्य, ४१ संवेदनशील र ३७ अति संवेदनशील छन् । त्यसमा संवेदनशीलता अनुसार ती केन्द्रमा १ हजार ३६३ जनशक्ति परिचालन गरिने ढकालले बताए ।

बझाङमा ३१ केन्द्र सामान्य र ३० संवेदनशील मतदान केन्द्र वर्गीकरण गरिएको छ । ३२ अति संवेदनशील छन् । त्यहाँ १ हजार २४ जनशक्ति परिचालित हुनेछन् ।

मतदान केन्द्रमा हिंसात्मक, ध्वंसात्मक र अवाञ्छित गतिविधिको पूर्वसूचना प्राप्त भए वा विभिन्न दलबीच आपसमा झगडा तथा कुटपिट भई मतपेटिका वा मतपत्र बिग्रिने अवस्था भए प्रहरीले बल प्रयोग गर्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved