युरोपले पतनको अनुभव गर्ने जोखिम देखिएको छ : राष्ट्रपति म्याक्रोँ

नेपालभ्युज

युरोपले पतनको अनुभव गर्ने जोखिम देखिएको छ : राष्ट्रपति म्याक्रोँ

काठमाडौं । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले रुसी आक्रमणबाट युरोपको अस्तित्व खतरामा परेको चेतावनी दिंदै संयुक्त राज्य अमेरिकामाथि कम निर्भर रहने ‘विश्वसनीय’ रक्षा रणनीति अपनाउन यूरोपेली सङ्घ (ईयू)सदस्य राष्ट्रहरूसँग आह्वान गरेका छन् ।

उनले युक्रेनमाथि आक्रमणपछि रूसको व्यवहारलाई ‘उन्मुक्त’ भन्दै मस्कोको ‘सीमा’ कहाँ छ भन्ने स्पष्ट नभएको बताए ।

म्याक्रोँले संयुक्त राज्य अमेरिका र चीन दुवैले विश्वव्यापी व्यापार नियमहरूको अनादर गरेको भन्दै ईयूलाई आफ्नो व्यापार नीति परिमार्जन गर्न आग्रह पनि गरे ।

‘हाम्रो युरोप आज नश्वर छ र यसको अन्त्य हुन सक्छ’, उनले भने, ‘युरोपको अतित्व हाम्रो छनौटमा मात्र निर्भर रहेको छ । खेलको नियम परिवर्तन भएको संसारमा युरोप हामीले सामना गर्ने जोखिमविरुद्ध सशस्त्र छैन ।’

अर्को दशकमा इरानले प्रशस्त आणविक हतियार बनाउने खतरातर्फ सङ्केत गर्दै उनले भने, ‘युरोप कमजोर हुने वा पछि हट्ने खतरा धेरै छ ।’

सन् २०१७ को सेप्टेम्बरमा पदभार ग्रहण गरेको केही महिनापछि पेरिसको सोरबोन युनिभर्सिटीमा म्याक्रोनले दिएको भाषणको विषयवस्तुमा फर्किंदै उनले भने, ‘ईयूबाट बेलायतको बहिर्गमन, कोभिड र युक्रेनमा रूसको आक्रमण लगायतका कारण सन् २०१७ मा निर्वाचित उहाँको सात वर्ष बितिसक्दा पनि अवस्था सल्टिएको छैन ।’

‘युरोपले पतनको अनुभव गर्ने जोखिम देखिएको छ र हामीले हाम्रा सबै प्रयासहरूको बावजुद यो देख्न थालिसकेका छौं,’ उनले यूरोप अन्य क्षेत्रीय शक्तिहरूबाट ‘घेराबन्दी’ को स्थितिमा रहेको बताए । एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved