हरदीप सिंह निज्जरको हत्या आरोपमा तीन भारतीय पक्राउ

नेपालभ्युज

हरदीप सिंह निज्जरको हत्या आरोपमा तीन भारतीय पक्राउ

काठमाडौं । क्यानडा प्रहरीले सिख पृथकतावादी नेता हरदीप सिंह निज्जरको हत्याको आरोपमा तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

निज्जर हत्या प्रकरणपछि भारत र क्यानडाबीच ठूलो कूटनीतिक विवाद उत्पन्न भएको थियो ।

गत वर्ष जुनमा क्यानडाको भान्कुभर सहर नजिकै मुखौटाधारी बन्दुकधारीले ४५ वर्षीय निज्जरको गोली हानी हत्या गरेका थिए ।

त्यसपछि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले यो हत्यामा भारतको संलग्नता रहेको आरोप लगाएका थिए र आफूसँग यसका लागि भरपर्दो प्रमाण रहेको पनि बताएका थिए । तर, भारतले यी आरोप अस्वीकार गर्दै आएको छ ।

को हुन् पक्राउ परेका व्यक्ति ?

पक्राउ पर्नेमा २२ वर्षीय करण बरार, २२ वर्षीय कमल प्रीत सिंह र २८ वर्षीय करण प्रीत सिंह रहेको बीबीसीले जनाएको छ ।

तीनै जना अल्बर्टाको एडमन्टनमा बस्दै आएका थिए, जहाँबाट प्रहरीले पक्राउ गरेको हो ।

अदालतको अभिलेख अनुसार तीनै जनालाई हत्या र हत्याको षड्यन्त्र गरेको आरोप लगाइएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका सबै विगत तीनदेखि पाँच वर्षदेखि क्यानडामा बस्दै आएका थिए ।

प्रहरीले अनुसन्धान जारी रहेको र उनीहरूको ‘भारत सरकारसँगको सम्बन्ध’ पनि खोजी भइरहेको बताएको छ ।

हत्यामा अन्यको पनि संलग्नता रहेको र आगामी दिनमा थप पक्राउ पर्ने प्रहरीको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved