काठमाडौंमा नेपाल बन्दको प्रभाव (फोटो फिचर)

सार्वजनिक सवारी निकै कम मात्रामा गुडेका छन्। बन्दका कारण सार्वजनिक सवारीमा यात्रा गर्ने यात्रुहरुले सास्ती खेप्नु परेको छ। 

काठमाडौंमा नेपाल बन्दको प्रभाव (फोटो फिचर)

काठमाडौं। नेपाल आयल निगमले निरन्तर पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै आज मंगलबार नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले नेपाल बन्दको आह्वान गरेको छ।

विप्लवको बन्दको कारण देशभरको जनजीवन प्रभावित भएको छ। काठमाडौंमा बिहानैदेखि बन्दको प्रभाव परेको छ।

विप्लव नेकपाका नेता कार्यकर्ताहरुले ठाउँ ठाउँमा टायर बालेका छन्। बन्दकर्ताकाे उपस्थिति उपत्यकाका केही चाेकहरुमा देखिएकाे छ।

सार्वजनिक सवारी निकै कम मात्रामा गुडेका छन्। बन्दका कारण सार्वजनिक सवारीमा यात्रा गर्ने यात्रुहरुले सास्ती खेप्नु परेको छ।

उपत्यकाभित्रका पसलहरुमा पनि बन्दको प्रभाव परेको छ। आज विद्यालयहरुमा पनि नियमित पठनपाठन रोकिएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved