प्रधानमन्त्रीलाई मानव अधिकारवादीको प्रश्न- भ्रष्टाचार काण्डमा ठूला नेतालाई किन उन्मुक्ति दिएको ?

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पत्र लेखेरै मानव अधिकारवादीहरुले आपत्ति जनाएका हुन् ।

नेपालभ्युज

प्रधानमन्त्रीलाई मानव अधिकारवादीको प्रश्न- भ्रष्टाचार काण्डमा ठूला नेतालाई किन उन्मुक्ति दिएको ?

काठमाडौं । सरकारले विभिन्न भ्रष्टाचार काण्डमा ठूला नेतालाई उन्मुक्ति दिएको भन्दै मानव अधिकारवादीले आपत्ति जनाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पत्र लेखेरै मानव अधिकारवादीहरुले आपत्ति जनाएका हुन् ।

मानवअधिकारवादी एवं नागरिक अगुवा नीलाम्बर आचार्य, सूर्यनाथ उपाध्याय, सूर्यप्रसाद श्रेष्ठ, सुशील प्याकुरेल र कनकमणि दीक्षितले प्रधानमन्त्री प्रचण्डलाई पत्र पठाएका हुन्।

‘शरणार्थी काण्ड, ललिता निवास काण्ड र सुन तस्करी काण्डजस्ता देशलाई नै कलंकित पार्ने उच्च तह संलग्न प्रकरणहरूको अनुसन्धान र दोषीमाथि कारबाहीको प्रक्रिया शुरु हुँदा केही आशा पलाएको थियो’, पत्रमा भनिएको छ, ‘तर यता सार्वजनिक रूपमा तथ्य प्रमाणसहित उल्लेखित भ्रष्टाचारमा उच्च राजनीतिक तहको हात रहेका तथ्यहरू प्रकाशमा आएकोमा अनुसन्धान र कारबाहीले गलत मोड लिएको देख्दा हामी अत्यन्त चिन्तित छौँ।’

उनीहरुले भन भनेका छन्, ‘यो निश्चित छ, यस्ता विशाल काण्ड, प्रभावशाली पदाधिकारी र पहुँच भएका व्यक्तिहरूको स्वीकृति विना सम्भव हुँदैन। अपराधिकतालाई नै प्रश्रय दिने नेतृत्व भयो भने मुलुक बलियो बन्दैन, विकास हुँदैन, न्याय हुँदैन र राष्ट्रिय स्वाधीनता पनि सुदृढ बन्दैन’ पत्रमा भनिएको छ, ‘अहिले आएर कानुन पनि अपराधिकतालाई उन्मुक्ति दिने बन्न थाल्दा हामी सशंकित र खिन्न भएका छौँ । फौजदारी संहितामा राजनीतिमा लाग्दा गरेको अपराधमा उन्मुक्तिको प्रस्तावले हाम्रो समाजलाई दण्डहीनताको केन्द्र बनाउने छ। ‘टीकापुर माफी काण्ड’ यस्तै राजनीतिको उपज हो ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved