मण्डलामा नाटक ‘बाखाम्मा’ (तस्वीरहरु)

मण्डलामा नाटक ‘बाखाम्मा’ (तस्वीरहरु)

काठमाडौ। केन्द्र मोसन पिक्चर्सको निर्माणमा तयार भएको नाटक ‘बाखाम्मा; मुन्दुममा मान्छे’ को थापागाउँ स्थित मण्डला नाटकघरमा यहि बैशाख १४ गतेदेखि मञ्चन सुरु भएको छ। किरात राई जातिका मानिसहरू धेरैले सुनेको तर कम ध्यान दिएको मुन्दुमि पात्र ‘बाखाम्मा’ को कथाबस्तुमा आधारित नाटक ‘बाखाम्मा’ लाई राजन मुकारुङले लेखेका हुन्।

मुन्दुमका अनुसार निराकार सृष्टिकर्ता रुमुहाङ (पारुहाङ) ले खरानी र माटोलाई शीतमा मुछेर बनाएको आकृति नै बाखाम्मा हो। किरात राई जातिको जन्मदेखि मृत्युसम्मका जुनसुकै कर्म गर्दा पनि मुन्दुमि कथा-कैरनहरू भन्नै पर्ने हुन्छ । विशेष गरेर हेत्छाकुप्पा, तायामा र खियामा का कथाहरू का साथै सुम्निमा-पारुहाङ का अनेकौं कथाहरू भनिने गरिन्छ।

किरात राईहरूको एकता, साझा आस्थाका प्रतीकका रूपमा ‘सुम्निमा-पारुहाङ’ लाई लिने गरिन्छ। सुम्निमा-पारुहाङले मानव-सृष्टि गर्ने सन्दर्भमा भएका घटनाहरु नाटकमा देखाइएको छ।

किरण चाम्लिङ राईको परिकल्पना तथा निर्देशनमा तयार भएको नाटकमा एलिशा राई, अनिल सुब्बा, बेदना राई, विष्णु मोक्तान, मानहाङ लावती, प्रतिना राई, शायोक मुकारुङ, पुनम लक्ष्मी मगर, ज्वाला राई, रमिला मोक्तान, याङ्‌साङ मुकारुङ, रमिता राई, सचिन रत्न, साङ्‌‌मी सुनुवार, प्रशंसा गुरुङ, शिसम बान्तावा, शुभम चाम्लिङ, रविन दोङ, रोशन लोहोरुङ राई, सबनम राई, सुजना राई, प्रशान्त वाइबा र मानबहादुर राईले अभिनय गरेका छन्।

नाटक जेठको दोस्रो सातासम्म सोमबार बाहेक हरेक साँझ ५:३० बजे मञ्चन हुनेछ। शनिबार भने दिउँसो १ बजे अतिरिक्त शो मञ्चन हुने थिएटरले जनाएको छ।

तस्वीरहरु:-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved