यसरी मनाइयो अन्तर्राष्ट्रिय श्रमिक दिवस (तस्वीरहरू)

यसरी मनाइयो अन्तर्राष्ट्रिय श्रमिक दिवस (तस्वीरहरू)

काठमाडौं । विभिन्न मजदुर सङ्गठनहरूले १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस भव्यताका साथ मनाएका छन् । बुधबार काठमाडौंमा र्‍याली निकालेर मनाएका हुन् ।

नेपाल ट्रेड युनियन कांग्रेस, नेपाल ट्रेड युनियन महासंघ, अखिल नेपाल ट्रेड युनियन महासंघ र राप्रपा निकट ट्रेड युनियनले संयुक्त रूपमा र्‍याली निकालेका हुन् । र्‍याली भृकुटीमण्डपमा पुगी सभामा परिणत भएको थियो ।

आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन’को माग राख्दै अमेरिकाको सिकागो सहरका श्रमिकहरूले सडक ओर्लिएर बलिदानी पूर्ण संघर्ष गरी विजय हासिल गरेको दिनको सम्झनामा आज विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइएको हो ।

१८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन सुरु गरिएको हो । यस वर्षको नारा ‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने छ ।
तस्वीरहरू


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved