एयर इण्डियाका कर्मचारीहरूले अचानक बिदा लिएपछि…

नेपालभ्युज

एयर इण्डियाका कर्मचारीहरूले अचानक बिदा लिएपछि…

काठमाडौं । एयर इन्डिया एक्सप्रेसका धेरै कर्मचारीले सँगै बिदा लिएपछि कम्पनीले धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान रद्द गरेको छ ।

समाचार एजेन्सी एएनआईका अनुसार एयर इन्डिया एक्सप्रेसले मंगलबार रातीदेखि बुधबार बिहानसम्मका ७० भन्दा बढी राष्ट्रिय र अन्तर्राष्ट्रिय उडानहरू रद्द गरेको छ।

एजेन्सीले यसको पछाडि चालक दलका वरिष्ठ सदस्यहरू बिदामा गएको बताएको छ।

आकस्मिक उडान रद्द भएको भन्दै धेरै यात्रूले सामाजिक सञ्जालमा गुनासो गरिरहेका छन् ।

मिडिया रिपोर्टका अनुसार टाटा समूहको स्वामित्वमा रहेको एयरलाइन्समा रोजगारीका नयाँ सर्तहरूको विरोध गरिरहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved