मेलामा सीप सिक्नेको ताँती (तस्वीरहरू)

मेलामा सीप सिक्नेको ताँती (तस्वीरहरू)

काठमाडौं। मजदुर दिवसकै दिन अर्थात् मे १ तारिखबाट काठमाडौंमा सुरु भएको सीप मेलामा सीप सिक्न आउने युवा जमातको लर्को लागेको छ।

काठमाडौं महानगरपालिकाले टुँडिखेलमा मेलाको आयोजना गरेको हो। मेलामार्फत् एक महिनाको अवधिमा २ हजार ८१ जनालाई सीपमूलक रोजगारीमा जोड्ने महानगरले लक्ष्य राखेको छ।

१ महिनामा २ हजार ८१ जनालाई उच्च माग भएका पेसासँग सम्बन्धित निःशुल्क तालिम उपलब्ध गराउन लागेको महानगरले जनाएको छ।

तालिमका लागि अटो मोबाईल्स, हस्पिटालिटी एन्ड म्यानेजमेन्ट, सूचना प्रविधि, वेल्डिङ, गार्मेन्ट, व्युटिसिएन, सैलुन, नेल आर्ट, पमब्लर, डिजाईनिङ र पुरोहित तथा ज्योतिष लगायतका विधा छन्। तालिमको अन्तिम दिन रोजगार मेला हुने पनि महानगरले जनाएको छ।

तस्वीरहरू:-

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved