संसद्‌‌मा कांग्रेसको नारा- संसदीय समिति गठन गर ! (तस्वीरहरू)

नेपालभ्युज

संसद्‌‌मा कांग्रेसको नारा- संसदीय समिति गठन गर ! (तस्वीरहरू)

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद्‌‌मा नाराबाजी गरेको छ ।

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथि उच्चस्तरीय संसदीय छानबिन समिति बनाउन माग गर्दै कांग्रेसले नाराबाजी गरेको हो ।

कांग्रेस सांसदहरूले ‘संसदीय छानबिन समिति गठन गर’, ‘सहकारी पीडितलाई न्याय दे’लगायतका नारा लगाएका थिए ।

त्यसअघि बोलेका कांग्रेस महामन्त्रीसमेत रहेका सांसद गगन थापाले समिति नबनुन्जेल सदन नचल्ने बताएका थिए ।

नाराबाजी गर्दै सांसदहरूले वेल घेरेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved