हाछ्यूँ गर्दा निस्कन्छ पिसाब ? आजैदेखि गर्नुहोस् यी योगा

नेपालभ्युज

हाछ्यूँ गर्दा निस्कन्छ पिसाब ? आजैदेखि गर्नुहोस् यी योगा

एजेन्सी । कतिपय महिलामा खोक्दा वा हाछ्यूँ गर्दा पिसाब निस्कने समस्या हुन्छ । पिसाब धेरै लागेको अवस्थामा कहिलेकाँही बाहिरको लुगासम्म पनि चुहिन सक्छ ।

यदि तपाईंलाई पनि यस्तै समस्या छ र यसबाट राहत पाउन चाहनुहुन्छ भने दैनिक दुईवटा योगासन गर्न सक्नुहुन्छ । आज हामी ती योगासन बारे बताउनेछौं ।

पादहस्तासन

यो गर्नका लागि पहिला तपाईं कम्मरलाई सीधा राखेर उभिनुहोस् । त्यसपछि आफ्नो शरीरको माथिल्लो भागलाई तलतिर अगाडि झुकाउनुहोस् ।

यसक्रममा विस्तारै स्वास छोड्नुहोस् र नाकले घुँडालाई छुने प्रयास गर्नुहोस् । साथमा हातलाई खुट्टाको दुवैतिर जमिनमा छुनुहोस् ।

यो आसन नियमित गर्नाले पिसाब लिक हुने समस्याबाट राहत पाउन सकिन्छ ।

पश्चिमोत्तानासान

यो योगासन गर्न पहिला जमिनमा म्याट बिछ्याएर खुट्टालाई अगाडितिर फैलाएर सिधा बस्नुहोस् । त्यसपछि आफ्ना हात माथितिर लैजानुहोस् ।

अब विस्तारै स्वास छोड्दै कम्मरभन्दा माथिको भागलाई अगाडितिर झुकाउनुहोस् । त्यसपछि दुवै हात खुट्टाका औंला नजिक लग्नुहोस् । यो अवस्थामा केहीबेर बसेपछि पुनः सामान्य अवस्थामा आउनुहोस् ।

यो योगासन दैनिक रुपमा गर्दा पेल्विक फ्लोरलाई बलियो बनाउन सहयोग गर्छ । अनि पिसाब लिक हुने समस्या पनि कम हुँदै जान्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved