कहिले खुल्छ उपत्यकाको आकाश ? (तस्वीरहरू)

कहिले खुल्छ उपत्यकाको आकाश ? (तस्वीरहरू)

काठमाडौं । ‘एयर क्वालिटी इन्डेक्स’को तथ्याङ्क अनुसार काठमाडौं उपत्यकाको समग्र वायु गुणस्तरको सूचकांक (एक्यूआई) एक सय ६२ को हाराहारीमा पुगेको छ।

देशभर लागिरहेको डढेलो यसको प्रमुख कारक रहेको मौसमविद्हरू बताँउछन् । हिउँदमा पानी कम परेको तथा औसत तापक्रम पनि बढेकाले यो वर्ष डढेलोको संख्या बढेको उनीहरूको भनाई छ ।

जल तथा मौसम विज्ञान विभागको तथ्यांक अनुसार गत वर्ष (२०८० साल)को हिउँदमा सामान्य भन्दा कम वर्षा भएको छ।

सामान्यतया हिउँदमा ६०.९ मिलिमिटर पानी पर्नुपर्नेमा १२.५ मिलिमिटर मात्रै वर्षा भएको थियो । २०८० सालको हिउँदमा सरदर हुनुपर्ने वर्षाको २०.५ प्रतिशत मात्रै पानी परेको थियो।

विभागका अनुसार यो सालको प्रि-मनसुन अवधि सुरू भइसक्दा पनि वर्षा न्यून छ।

यसैगरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अहिले ३९ जिल्लाका एक सय ६५ स्थानमा वन डढेलो लागिरहेको छ। जसको सिधै असर उपत्यकाको वायु प्रदूषणमा देखिएको छ।

मौसमविद्‌का अनुसार अब वर्षा नभई उपत्यकाको प्रदूषण हट्ने सम्भावना न्यून छ।

तस्वीरहरू

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved