नेपालमा कहाँ-कहाँ छन् विमानस्थल ? कति बन्द भए, कति छन् सञ्चालनमा ?

व्यावसायिक उडान भरिरहेका, आशिंक सञ्चालनमा रहेका, निर्माणाधीन र बन्द भएकासमेत अहिले देशमा ५६ विमानस्थल छन् । तीमध्ये सबैभन्दा बढी कोशी प्रदेशमा १५ वटा छन् ।

नेपालभ्युज

नेपालमा कहाँ-कहाँ छन् विमानस्थल ? कति बन्द भए, कति छन् सञ्चालनमा ?

काठमाडौं । धरानमा विमानस्थल बनाउने चर्चासँगै नेपालमा यसबारेको बहस तीव्र भएको छ । अहिले देशका विभिन्न मागमा रहेका विमानस्थलको आवश्यकताबारे नै प्रश्न उठेको छ । यस्तोमा अनावश्यक ठाउँमा विमानस्थल बनाउन नहुने आवाज पनि उठिरहेको छ ।

व्यावसायिक उडान भरिरहेका, आशिंक सञ्चालनमा रहेका, निर्माणाधीन र बन्द भएकासमेत अहिले देशमा ५६ विमानस्थल छन् । तीमध्ये सबैभन्दा बढी कोशी प्रदेशमा छन्, त्यहाँ १५ वटा विमानस्थल छन् ।

कोशीमा रहेका विमानस्थलहरू 

१. विराटनगर (मोरङ),

२. चन्द्रगढी (झापा)

३. सुकीलुम्बा (इलाम)

४. सुकेटार (ताप्लेजुङ)

५. तुम्लिङटार (संखुवासभा)

६. भोजपुर (भोजपुर)

७. खानीडाँडा (खोटाङ)

८. लामीडाँडा (खोटाङ)

९. थामखर्क (खोटाङ)

१०. काँगेल डाँडा (सोलुखुम्बु)

११. फाप्लु (सोलुखुम्बु)

१२. लुक्ला (सोलुखुम्बु)

१३. स्याङ्बोचे (सोलुखुम्बु)

१४. रुम्जाटार (ओखलढुंगा)

१५. खिजी–चन्डेश्वरी (ओखलढुंगा)

यीमध्ये चारवटा विमानस्थलमा मात्र नियमित व्यावसायिक उडान हुने गरेको छ । विराटनगर, चन्द्रगढी, तुम्लिङटार र लुक्ला । अन्य केही विमानस्थलमा आशिंक उडान हुन्छ भने कतिपय पूर्णतः बन्द छन् वा सञ्चालनमै आएका छैनन् ।

१५ विमानस्थलका बाबजुद कोशी प्रदेशमा चुहान डाँडा (तेह्रथुम), धरान, धनकुटा र उदयपुरमा विमानस्थल थप्ने चर्चा हुँदै आएको छ ।

मधेस प्रदेशमा विमानस्थलहरू

मधेश प्रदेशमा सबैभन्दा कम तीनवटा मात्र विमानस्थल छन् ।

१. सिमरा (बारा)

२. जनकपुरधाम (धनुषा)

३. राजविराज (सप्तरी)

यीमध्ये जनकपुर र राजविराज लामो समयदेखि बन्द थिए । केही वर्ष अघि मात्र सञ्चालनमा आएका हुन् । हाल तीनवटै विमास्थलमा नियमित उडान हुने गरेको छ ।

बागमतीमा विमानस्थलहरू

बागमतीमा ६ वटा विमानस्थल छन् ।

१. काठमाडौं (काठमाडौं)

२. जिरी (दोलखा)

३. लाङटाङ (रसुवा)

४. भरतपुर (चितवन)

५. मेघौली (चितवन)

६. मन्थली (रामेछाप) ।

यीमध्ये जिरी, लाङटाङ र मेघौली बन्द छन् भने मन्थलीमा कहिलेकाहीँ उडान हुने गर्दछ ।

गण्डकीमा  विमानस्थलहरू 

गण्डकी प्रदेशमा ७ वटा विमानस्थल छन् ।

१. पोखरा अन्तर्राष्ट्रिय (कास्की)

२. पोखरा आन्तरिक (कास्की)

३. जोमसोम (मुस्ताङ)

४. हुम्दे (मनाङ)

५. बलेवा (बागलुङ)

६. ढोरपाटन (बागलुङ)

७. पालुङटार (गोर्खा) ।

यीमध्ये बलेवा निर्माणाधीन छ भने हुम्दे, ढोरपाटन र पालुङटार सञ्चालनमा छैनन् । ती विमानस्थलका रन्वे अहिले गौचरणमा परिणत भएका छन् ।

लुम्बिनीमा विमानस्थलहरू

लुम्बिनी प्रदेशमा निर्माणाधीनसमेत गरी ६ वटा विमानस्थल छन् ।

१. भैरहवा (रुपन्देही)

२. नेपालगञ्ज (बाँके)

३. तुलसीपुर (दाङ)

४. रेसुङगा (गुल्मी )

५. अर्घाखाँची (अर्घाखाँची)

६. रोल्पा (रोल्पा)

भैरहवा र नेपालगञ्जमा नियमित उडान हुन्छ। अर्घाखाँचीको विमानस्थल निर्माणाधीन छ । रोल्पा बन्द छ भने अन्यमा कहिलेकाहीँ उडान हुने गरेको छ । गुल्मीको विमानस्थल हालै सञ्चालनमा आएपनि अक्कलझुक्कल मात्रै उडान हुने गरेको छ ।

कर्णालीमा विमानस्थलहरू

कर्णाली प्रदेशमा ९ विमानस्थल छन् ।

१. सुर्खेत (सुर्खेत)

२. सल्ली (रुकुम पश्चिम)

३. चौरजहारी (रुकुम पश्चिम)

४. जुफाल (डोल्पा)

५. मसिनेचौर (डोल्पा)

६. ताल्चा (मुगु)

७. जुम्ला (जुम्ला)

८. सिमीकोट (हुम्ला)

९. कालिकोट (कालीकोट )

यीमध्ये चौरजहारी, मसिनेचौर र कालिकोट विमानस्थल अहिले बन्द छन् । अन्यमध्ये पनि अधिकांशमा आंशिक उडान मात्रै हुने गरेको छ ।

सुदूरपश्चिममा विमानस्थलहरू 

सुदूरपश्चिममा १० विमानस्थल छन् ।

१. टीकापुर (कैलाली)

२. धनगढी (कैलाली)

३. महेन्द्रनगर (कञ्चनपुर)

४. कमल बजार (अछाम)

५. साँफेबगर (अछाम)

६. कोल्टी (बाजुरा)

७. बझाङ (बझाङ)

८. पाटन (बैतडी)

९. दार्चुला (दार्चुला)

१०. सिलगढी (डोटी)

यीमध्ये धनगढीमा मात्र नियमित व्यावसायिक उडान हुने गरेको छ । टीकापुर, महेन्द्रनगर, बझाङ, पाटन, दार्चुला, सिलगडी बन्द छन् । अन्यमा आशिंक उडान हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved