इलाम-२ : अन्तिम चरणमा मतगणना, सुहाङलाई ६ हजार ६२८ मतको अग्रता

नेपालभ्युज

इलाम-२ : अन्तिम चरणमा मतगणना, सुहाङलाई ६ हजार ६२८ मतको अग्रता

काठमाडौं ।प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार भएको उपनिर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ ।

पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले ६ हजार ६२८ मतको अग्रता बनाएका छन् ।

सुहाङले २१ हजार ३८० मत पाउँदा  उनलाई पछ्याइरहेका कांग्रेसका उम्मेदवार डम्बर बहादुर खड्काले  १४ हजार ७५२ मत पाएका छन् ।

तेस्रो स्थानमा रहेका  स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ९ हजार ९५५  मत ल्याउँदा रास्वपा उम्मेदवार मिलन लिम्बूले ३ हजार ६०३ मत मात्रै पाएका छन् ।

सो क्षेत्रमा पर्ने ४२ मध्ये ३३ वडाको मतगणना भइसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको  छ । अब इलाम नगरपालिकाको ९ वटा वडाको मत परिणाम आउन बाँकी रहेको बताइएको छ  ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved