इलाममा रास्वपाको जमानत जफत

नेपालभ्युज

इलाममा रास्वपाको जमानत जफत

काठमाडौं । इलाम २ को उपनिर्वाचनमा रास्वपाको जमानत जफत भएको छ । रास्वपाका उमेद्वार मिलन लिम्बुले ५ हजार ५० भोट मात्र प्राप्त गरे ।

उनले प्राप्त गरेको मत कुल सदर मतको १० प्रतिशत पनि नभएपछि पार्टीको धरौटी जोगाउन चुकेको हो । चुनाव जित्ने दाबीसहित सम्पूर्ण शक्ति लगाएको रास्वपा चौथो स्थानमा चित्त बुझाउन बाध्य भएको छ । इलाममा १९ उमेद्वार प्रतिष्पर्धामा थिए ।

कूल ६९ हजार ३७४ भोट गणना हुँदा यस क्षेत्रमा ६८ हजार ४७२ भोट सदर भएको छ । जसको १० प्रतिशत सरदर ६ हजार हुन आउँछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved