अचाक्ली गर्मी बढ्दै, अझै केही दिन वर्षा नहुने मौसमविद्को भनाई

नेपालभ्युज

अचाक्ली गर्मी बढ्दै, अझै केही दिन वर्षा नहुने मौसमविद्को भनाई

काठमाडौं । विगत केही दिन देखि देशका अधिकांश भू–भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक बढिरहेको छ । जसका कारण गर्मी अझै बढ्ने अनुमान गरिएको छ ।

काठमाडौंमा अझै कम्तीमा तीन दिन वर्षाको सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शुक्रबारबाट नयाँ प्रणाली विकास भएर पहाडी भू–भागमा बदली सुरु हुने महाशाखाको अनुमान छ । अहिले नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । लुम्बिनी, मधेस र कोसी प्रदेशका केही र बाँकी भू–भागका थोरै स्थानमा हावाहुरीको सम्भावना छ ।

दिउँसो कोसी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना पनि छ ।

लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानहरूमा बिगत केही दिन देखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको छ ।

आगामी केही दिन सम्म देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार तराईका भू–भागहरूमा अझै केही दिन अत्याधिक गर्मीको सम्भावना भएकाले आवश्यक तयारी र सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । तराईका ती भू–भागमा आगामी ५ दिन सम्म तातो हावाको सम्भावना छ ।

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १५ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम ३३ दशमलव ३ डिग्री सम्म पुग्ने अनुमान गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved