सुदूरपश्चिमका मुख्यमन्त्री नियुक्तिविरुद्ध परेको रिट खारेज, कानुनी प्रश्न अन्त्य

नेपालभ्युज

सुदूरपश्चिमका मुख्यमन्त्री नियुक्तिविरुद्ध परेको रिट खारेज, कानुनी प्रश्न अन्त्य

काठमाडौं । सुदूरपश्चिममा मुख्यमन्त्री नियुक्तिविरुद्ध नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मणकिशोर चौधरीले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।

बिहीबार न्यायाधीशहरु प्रकाशकुमार ढुंगाना, कुमार चुडाल र सुनिलकुमार पोखरेलको इजलासले मुख्यमन्त्रीमा दाबी पेश गरेका चौधरीको रिट खारेज गरेको हो ।

सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेका अनुसार रिट खारेज गर्ने र निर्देशनात्मक आदेश जारी हुने फैसला गरेको हो ।

फैसलासँगै मुख्यमन्त्री दीर्घ सोडारीको नियुक्तिमा उठेको संवैधानिक तथा कानुनी प्रश्न अन्त्य भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved