राजावादीलाई जनताको उपेक्षा, इलाममा राप्रपाले पाँच सय मत पनि पाएन

नेपालभ्युज

राजावादीलाई जनताको उपेक्षा, इलाममा राप्रपाले पाँच सय मत पनि पाएन

काठमाडौं । आफुलाई वैकल्पिक शक्तिका रुपमा दाबी गर्दै आएको राप्रपाले इलामको उपनिर्वाचनमा पाँच सय मत पनि पाउन सकेन ।

संघीय संसदको पाँचौँ ठुलो दल राप्रपाले उपचुनावमा दुई क्षेत्रमा गरेर १ हजार मत पनि पाएन ।

इलाम क्षेत्र नम्बर २ मा राप्रपा उमेद्वार लक्ष्मी गुरुङले ४०४ मत मात्रै पाइन । बझाङको प्रदेश सभा निर्वाचनमा राप्रपा उमेद्वार किशोर कुमार खड्काले जम्मा २४२ मत मात्रै पाए । दुवै निर्वाचनमा राप्रपाले जम्मा ६४६ मत मात्रै पाएको छ ।

अर्को राजावादी दल राप्रपा नेपालले भने दुई क्षेत्रमा गरेर एक सय मत पनि कटाउन सकेन ।

राप्रपा नेपालले इलाममा जम्मा ४३ मत पायो । राप्रपा र राप्रपा नेपालले हिन्दुराष्ट्र र राजतन्त्र पुर्नस्थापनाको एजेन्डा बोक्दै आएका छन् ।

राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देन र राप्रपा नेपालको अध्यक्षमा कमल थापा छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved