सन्दीपविरुद्धको मुद्दा अघि बढ्ने यस्तो छ प्रक्रिया

सन्दीपलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले २५ दिनको समय पाउने छ। अनुसन्धान टुङ्गिएपछि सन्दीपले जबरजस्ती करणी गरेको प्रमाण भेटिएमा प्रहरीले उनीविरुद्ध मुद्दा चलाउन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंलाई राय दिन्छ। बयान सकिएपछि थुनछेक बहस हुने छ। अदालती भाषामा थुनामा राखेर अनुसन्धान गर्ने वा धरौटीमा छाड्ने वा सामान्य तारेखमा छाड्ने भन्नेमा बहस हुनेछ।

सन्दीपविरुद्धको मुद्दा अघि बढ्ने यस्तो छ प्रक्रिया

काठमाडौं। नेपाली किक्रेट टिमका कप्तान सन्दीप लामिछाने आफूविरुद्ध नाबालिगलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीमा जाहेरी परेको महिना दिनपछि आत्मसमर्पण गरेका छन्।

कतार एयरवेजको विमानबाट उनी आज (बिहीबार) बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएलगत्तै सिधै प्रहरी हिरासत लगिएको छ।
अब यो मुद्दा कसरी अघि बढ्ला भन्ने आम चासो देखिएको छ।

उनी विदेशमै रहेको बेला गत २१ भदौमा एक नाबालिकाले बलात्कारको जाहेरी दिएकी थिइन्। आफूविरुद्ध उजुरी पर्दा उनी क्यारेबियन लिग खेल्न नेपाल बाहिर थिए। उनीविरुद्ध नेपाल प्रहरीको आग्रहअनुसार अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेपछि उजुरीको महिना दिनपछि २० असोजमा स्वदेश फर्किए।

उनी पक्राउ परिसकेकाले हिरासतमा राखेर अनुसन्धान अघि बढाउन प्रहरीले अदालतसँग समय माग्नेछ। उनी केही दिन प्रहरी हिरासतमा रहनेछन्। त्यसपछि अदालती प्रक्रिया शुरु हुनेछ।

मुलुकी फौजदारी कार्यविधि संहिता ऐन २०७३ मा कुनै फौजदारी कसुरको आरोपमा प्रहरीमा जाहेरी परेमा के गर्ने भन्नेबारे विस्तृत प्रक्रिया खुलाइएको छ। सो अनुसार जाहेरी लिएको महानगरीय प्रहरी परिसर काठमाडौंले सन्दीपसँग बयान लिनेछ। बयानका क्रममा उनले आफूमाथि लागेको आरोपको प्रतिवाद गर्ने मौका पाउनेछन्। उनले आरोप झुटा रहेको भनी आफ्नो दलिल पेस गर्ने मौकासमेत पाउँछन्।

फौजदारी कानुनमा पीडितको जाहेरी र अनुसन्धान अधिकृतसमक्ष गर्ने भनाइलाई महत्त्वपूर्ण प्रमाण मानिन्छ। यसैले अदालतले पीडित किशोरी र उनका संरक्षकको पनि बयान लिन्छ। प्रमाण संकलनको लागि प्रहरीले पीडित किशोरीले स्वास्थ्य परीक्षणसमेत गराइसकेको छ। साथै, घटना भएको भनिएको होटेलमा गएर सीसीटिभी फुटेज संकलन गरिसकेको छ।

यस्तो छ अदालती प्रक्रिया

सन्दीपलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले २५ दिनको समय पाउने छ। अनुसन्धान टुङ्गिएपछि सन्दीपले जबरजस्ती करणी गरेको प्रमाण भेटिएमा प्रहरीले उनीविरुद्ध मुद्दा चलाउन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंलाई राय दिन्छ।

जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा सन्दीपविरुद्ध मुद्दा दायर गर्नेछ। मुद्दा दायरपछि जिल्ला अदालतले सन्दीपको बयान लिनेछ। साथै आफ्ना पक्षमा वकालत गर्नेको लागि सन्दीपले कानुनी सल्लाहकारसमेत राख्न पाउनेछन्। सन्दीपले  अधिवक्ता सरोजकृष्ण घिमिलेलाई राखेका छन्।

बयान सकिएपछि थुनछेक बहस हुने छ। अदालती भाषामा थुनामा राखेर अनुसन्धान गर्ने वा धरौटीमा छाड्ने वा सामान्य तारेखमा छाड्ने भन्नेमा बहस हुनेछ।

यो प्रक्रिया सकिएपछि जिल्ला अदालतले शाहलाई थुनामा राख्ने, धरौटीमा छाड्ने वा सामान्य तारिखमा छाड्ने भन्ने आदेश दिनेछ। सामान्यतया: ३ वर्षभन्दा बढी कैद सजाय तोकिएको मुद्दामा धरौटीमा छाड्ने वा सामान्य तारिखमा छाड्ने प्रावधान छैन।

अदालतले आरोपितलाई पुर्पक्षका लागि थुनामा पठाउन सक्ने कानुनका जानकारहरू बताउँछन्। यदि प्रारम्भिक रूपमा सन्दीपले जबरजस्ती करणी गरेको भन्ने बलियो प्रमाण नभेटिएमा मात्र धरौटीमा वा तारेखमा रिहा हुनसक्ने कानुनका जानकार बताउँछन्।

सन्दीप लामिछाने प्रकरणमा जेल जान रहर गर्नेहरू

आरोप पुष्टि भए १० देखि १२ वर्षसम्म कैद सजाय भोग्नुपर्ने

उनी धरौटीमा वा साधारण तारेखमा रिहा भए भने पनि विदेश जान पाउने सम्भावना हुँदैन। यसकारण उनले थुप्रै विदेशी क्लबका खेल खेल्नबाट वञ्चित हुनेछन्। केही समयको अदालती प्रक्रियापछि अन्तमा फैसला हुने छ।

 

मुलुकी अपराध संहिता ऐनको दफा २१९

मुलुकी अपराध संहिता ऐनको दफा २१९ मा १८ वर्षमुनिको नाबालकको हकमा मन्जुरी लिएर समेत करणी गर्न नपाइने उल्लेख छ। उपदफा २ मा १८ वर्षभन्दा कम उमेरका कुनै बालिकासँग सहमतिमा सम्बन्ध राखे पनि जबरजस्ती करणी भएको मानिने भनिएको छ।

उक्त दफामा भनिएको छ, ‘‘मन्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबरजस्ती करणी गरेको मानिनेछ।’’

मुलुकी अपराध संहिता ऐनको दफा २१९

यदि, सन्दीपले जबरजस्ती करणी गरेको आरोप पुष्टि भएमा पीडितको उमेरले गणना गर्दा सन्दीपमाथि १० देखि १२ वर्षसम्म कैद सजाय हुनसक्ने मुलुकी अपराध संहितामा उल्लेख छ।

आरोप पल शाहकै जस्तै

जबरजस्ती करणी मुद्दामा पल शाह निर्दोष साबित भए। तर, बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्षको कैद सजाय सुनाइएको छ। २५ हजार जरिवानाको सजाय पनि भएको छ। पीडित बालिकालाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिन आदेश पनि दिएको छ।

यो फैसला भएकै दिन सन्दीपविरुद्ध उस्तै प्रकृतिको उजुरी परेको हो। पीडित पनि १८ वर्ष मुनीको नाबालिग, र बलात्कारको प्रकृति पनि उस्तै रहेको जाहेरीमा देखिन्छ।

उजुरीकर्ताले सन्दीपले आफूलाई पिंलास्थानको होटल काठमाडौं इनमा दुई पटक बलात्कार गरेको भनेकी छन्। त्यसअघि, आफूलाई नगरकोट लगेर आफ्नो समय कटाउन झुलाएको बताएकी छिन्। उजुरीको प्रकृति हेर्दा नगरकोटमा सन्दीपले दुर्व्यवहार गर्ने मनसायले रातिको मौका कुर्नकै लागि लामो समयसम्म राखेको अनुसन्धान अधिकृत बताउँछन्।

त्यसैले, पीडित नाबालिग भएकाले यसमा मुलुकी अपराध संहिता २०७४ अनुसार बालयौन दुरुपयोग गर्न नहुने कसूर पनि आकर्षित हुनसक्ने छ। ‘कसैले करणीको आशयले बालबालिकालाई अस्वाभाविक रूपमा एकान्तमा लगे, यौनसम्बन्धी अङ्ग छोए वा अन्य कुनै यौनजन्य अस्वाभाविक व्यवहार गरे बालयौन दुरुपयोग’ हुने यसको उपदफा (२) मा भनिएको छ।

यसरी अभिनेता पल शाहको मुद्दाको नजिर हेर्दा यदि सन्दीपविरुद्धको जबरजस्ती करणी आरोप पुष्टि नभए बालयौन दुरुपयोगको कसुर आकर्षण हुन सक्ने देखिन्छ। यदि, यो पुष्टि भएमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने कानुनका जानकारको भनाइ छ ।

यो पनि पढ्नुहोस्-

सन्दीप लामिछानेमाथि १७ वर्षिया किशोरी बलात्कार गरेको आरोप

जाहेरीकर्ता किशोरीको स्वास्थ्य परीक्षण, होटलबाट लिइयो सीसीटीभी फुटेज

बलात्कार आरोपबारे किन बोल्दैनन् सन्दीप ?

बन्द प्रशिक्षणमा रहेका सन्दीप कसरी पुगे नगरकोट ?

विमानस्थलबाटै पक्राउ पर्नेछन् सन्दीप, यसरी अघि बढ्छ उनीविरुद्धको मुद्दा

सन्दीप लामिछानेविरुद्ध प्रहरीले संकलन गर्‍यो यस्ता प्रमाण


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved