क्यानमाथि प्रश्न

बन्द प्रशिक्षणमा रहेका सन्दीप कसरी पुगे नगरकोट ?

राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा रहेका सन्दीप घटना गराउन कसरी पुगे भन्ने बारेमा क्यान समेत अनुसन्धानमा तानिने भएको छ। बन्द प्रशिक्षणमा होटल हयात प्यालेसमा थिए। कप्तान नै बन्द प्रशिक्षणमा नहुनुलाई क्यानको लापरबाहीका रूपमा पनि अर्थ्याइएको छ ।

नेपालभ्युज

बन्द प्रशिक्षणमा रहेका सन्दीप कसरी पुगे नगरकोट ?

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कारको जाहेरी परेपछि नेपाल क्रिकेट संघ क्यानबारे समेत प्रश्न उठेको छ। राष्ट्रिय टिमको बन्द प्रशिक्षण –क्लोज क्याम्पमा) रहेका सन्दीप घटना गराउन कसरी पुगे भन्ने बारे क्यानसमेत अनुसन्धानमा तानिने भएको छ।

पीडित नाबालिगले प्रहरी वृत्त, गौशालामा मंगलबार दिएको दिएको जाहेरीमा सन्दीपले भदौ ५ गते नगरकोट पुर्‍याएको बताएकी छन् । भोलिपल्ट केन्याविरुद्धको टी–२० अन्तर्राष्ट्रिय र एकदिवसीय शृङ्खलाका लागि त्यसतर्फ जाने तयारीमा रहेका सन्दीपले अघिल्लो राति पिंगलास्थानस्थित ‘होटल काठमाडौं इन’ मा किशोरीलाई राखेको देखिन्छ। सोही होटलमा पटक-पटक बलात्कार गरेको जाहेरीमा उल्लेख छ।

उजुरीमा उल्लेख भएको समयमा सन्दीप राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा होटल हयात प्यालेसमा बसिरहेको हुनु पर्ने हो । किनकी नेपाली टिम केन्याविरुद्धको टी–२० अन्तर्राष्ट्रिय र एकदिवसीय शृङ्खलाका लागि भोलिपल्ट (भदौ ६) गते नैरोवी प्रस्थान गर्ने कार्यतालिका थियो। खेल खेल्न जाने अघिल्लो रात नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान नै बन्द प्रशिक्षणमा नहुनुलाई क्यानको लापरवाहीका रुपमा कतिपयले अर्थ्याएका छन्।

२०७६ मंसिरमा विश्वकप छनोटअन्तर्गत कुवेतसँगको खेलका लागि भुटान जानु अघिल्लो रात राष्ट्रिय फुटबल टिमका चार जना खेलाडी बाहिर गएपछि कारबाहीमा परेका थिए। सातदोबाटोस्थित एन्फा होस्टेलबाट निस्किएर नाइट क्लब पुगेका विमल घर्तीमगर, अञ्जन विष्ट, सन्तोष तामाङ र दिनेश राजवंशीलाई अनुशासनको कारबाही भएको थियो।

याे पनि

विमानस्थलबाटै पक्राउ पर्नेछन् सन्दीप, यसरी अघि बढ्छ उनीविरुद्धको मुद्दा

अहिले क्रिकेटतर्फ खेलाडीको व्यवस्थापनको लागि क्यानले राष्ट्रिय टिमका म्यानेजर खटाएका हुन्छन्। म्यानेजरले खेलाडी अनुशासन र गतिविधिबारे राम्रोसँग विचार नगरेको देखिएको जानकारहरू बताउँछन्।

जानकारहरू भन्छन्, ‘‘खेलाडीहरू अनुशासनमा हुन्छन्। सामान्यतया राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई बाहिर जाने छुट हुँदैन। कि कुनै ठूलो आकस्मिक काम पर्नुपर्‍याे। आकस्मिक रूपमा बाहिर जानुपरे अनुमित लिएर र क्यानले भेरिफाई गरेर पठाउन सक्नेछ। तर, क्याप्टेन रहेका सन्दीपलाई भने क्यानले यत्तिकै बाहिर जान दिनु त्रुटिपूर्ण छ।’’

यस विषयमा क्यानले भने आफ्नो आधिकारिक धारण सार्वजनिक गरेको छैन। बुधबार साँझ निर्णय लिने क्यानका एक पदाधिकारीले बताए। क्यानका अध्यक्ष चतुरबहादुर चन्दले भने आफ्नो कमजोरी ढाकछोप गर्न ‘सन्दीप घर जाने भन्दै निस्किएको’ दाबी गर्दै आएका छन्।

यसबारेमा साँझ बैठक बसेर औपचारिक धारणा सार्वजनिक गर्ने उनले बताए।

सन्दीप केन्याविरुद्ध टी–२० अन्तर्राष्ट्रिय शृंखलामा नेपालको नेतृत्व गरेपछि क्यारेबियन प्रिमियर लिग (सीपीएल)का लागि जमैका पुगेका छन्। उनी जमैका तल्हवाज टिमबाट प्रतियोगिता खेल्न गएका हुन्।

यो पनि पढ्नुहोस्-

बलात्कार आरोपबारे किन बोल्दैनन् सन्दीप ?

जाहेरीकर्ता किशोरीको स्वास्थ्य परीक्षण, होटलबाट लिइयो सीसीटीभी फुटेज

सन्दीप लामिछानेमाथि १७ वर्षिया किशोरी बलात्कार गरेको आरोप


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved