बलात्कार आरोपबारे किन बोल्दैनन् सन्दीप?

उनी विदेशमा छन्। उजुरी परेपछि सन्दीप सामाजिक सञ्जालमा अनलाइनमा देखिँदैनन्। आरोपबारे प्रस्टीकरण दिँदै कुनै पनि पोस्ट गरेका छैनन्। आफूमाथि लागेको आरोपबारे विभिन्न समाचार माध्यममा विभिन्न कोणबाट समाचार आइरहँदा सामाजिक सञ्जालमा चर्चा भइरहँदा बुधबार दिउँसो यो समाचार प्रकाशित हुँदासम्म सन्दीप मौन छन्।

नेपालभ्युज

बलात्कार आरोपबारे किन बोल्दैनन् सन्दीप?

‍‍‍‍‍‍‍काठमाडौं। नेपाली किक्रेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको जाहेरी प्रहरीमा परेको समाचार नेपाली मिडियामा मंगलबार राति ११ बजेपछि सनसनीपूर्ण फैलियो।

त्यतिबेला क्यारेबियन टापुको जमैकामा रहेका थिए, आरोपित सन्दीप। उनि वेस्ट इन्डिजको क्यारेबियन प्रिमियर लिग खेल्न गएका हुन्।
दुई दिनपछि (८ सेप्टेम्बर) मा ‘ग्रेस आइलेट’ मा हुने खेलको लागि उनी त्यही सहरमा हुनसक्ने अनुमान छ।

उनी रहेको सहर नेपाली समयभन्दा करिब १० घण्टा ढिलो छ। अर्थात् नेपालमा रातको ११ बज्दा सन्दीप रहेको ठाउँ ‘ग्रेस आइलेट’ मा दिउँसोको १ बजेको हुन्छ।

यसको अर्थ उनले त्यहाँको दिउँसै आफूविरुद्ध उजुरी परेको जानकारी पाएका हुन सक्छन्। उनीविरुद्ध उजुरी परेको खबर सार्वजनिक भएलगतै धेरैले उनको फेसबुक पेजमा गएर उनका पोस्टहरूमा चासो राखेका देखिन्छन्। सामाजिक सञ्जालमा त सबैले यसबारेमा चर्चा चलिरहेकै छ। उनले मंगलबार बिहान (नेपाली समय अनुसार ५ बजेर ३८मिनेटमा ) पोस्ट गरेको फोटोमा समेत बलात्कार उजुरीको परेको भन्दै प्रस्ट्याउन कतिपयले आग्रह गरेका छन्। तर उनले कुनै प्रतिक्रिया दिएका छैनन्।

उजुरी परेपछि सन्दीप सामाजिक सञ्जालमा अनलाइनमा देखिँदैनन्। उनले आफ्नो पोस्टमा आएका कमेन्टमा कसैलाई रिप्लाई दिएका छैनन्। आफूमाथिको आरोपबारे प्रष्टीकरण दिँदै कुनै पोस्ट पनि गरेका छैनन्।

आफूमाथि लागेको आरोपबारे विभिन्न समाचार माध्यममा विभिन्न कोणबाट समाचार आइरहँदा सामाजिक सञ्जालमा चर्चा भइरहँदा बुधबार दिउँसो (पौने १ बजे)  यो समाचार प्रकाशित हुँदासम्म सन्दीप मौन छन्।

सन्दीप लामिछाने ४ दिनअघि (३ सेप्टेम्बरमा) क्यारेबियन आइल्यान्डको बास्टेरमा थिए। त्यो खेलमा उनी बेन्चमा थिए। सन्दीपको टीम जमैका तल्लवो खेल भोलि (८ सेप्टेम्बरमा) बिहान पौने ५ बजे सेन्टलुसिया किङससँग छ।

सन्दीप ६ भदौमा टी–२० सिरिज खेल्नका लागि केन्या गएका हुन्। केन्यामा पाँच खेलको टी–२० सिरिज खेले। त्यसपछि उनी वेस्ट इन्डिजको क्यारेबियन प्रिमियर लिग खेल्न गएका थिए। नेपाल क्रिकेट संघ (क्यान) ले ४ पुस २०७८ मा सन्दीपलाई राष्ट्रिय क्रिकेट टिमको कप्तान नियुक्त गरेको थियो।

यो पनि पढ्नुहोस्-

जाहेरीकर्ता किशोरीको स्वास्थ्य परीक्षण, होटलबाट लिइयो सीसीटीभी फुटेज

सन्दीप लामिछानेमाथि १७ वर्षिया किशोरी बलात्कार गरेको आरोप


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved