अध्यक्ष यादव अमेरिकामा रहेका बेला जसपा विभाजन, अशोक राई पक्षले आयोगमा दियो आधिकारिताको निवेदन

नेपालभ्युज

अध्यक्ष यादव अमेरिकामा रहेका बेला जसपा विभाजन, अशोक राई पक्षले आयोगमा दियो आधिकारिताको निवेदन

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजन भएको छ। सो पार्टीका नेता अशोक राई नेतृत्वको समूहले आधिकारिता दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएको छ।

राईको नेतृत्वमा पार्टीलाई आधिकारिता दिन निर्वाचन आयोगमा निवेदन दिएको निर्वाचन आयोग स्रोतले जानकारी दियो।

उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष उपेन्द्र यादव यतिबेला अमेरिकामा छन्। उनी पक्षका प्रवक्ता मनिष सुमनले केही साथीहरूले आफ्नै राजनीतिक हत्या गरेका प्रतिक्रिया दिए।

जसपाका १२ मध्ये सात सांसदले निवेदन दिएका हुन्। निवेदन दिनेहरूमा अशोक राई, वीरेन्द्र महतो, प्रदीप यादव, नवलकिशोर साह सुडी, सुशीला श्रेष्ठ, हसिना खानुत र रञ्जु ठाकुर छन्।

त्यस्तै, केन्द्रीय कार्यकारिणी समितिका २९ जना सदस्यले निवेदन दिएका छन्।

नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी मात्रै राखिएको एक नेताले बताए। यादव नेतृत्वको पार्टीको पूरा नाम जनता समाजवादी पार्टी नेपाल छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved