पार्टी विभाजनपछि जसपा प्रवक्ताको प्रतिक्रिया- साथीहरूले राजनीतिक ‘आत्महत्या’ गरे

नेपालभ्युज

पार्टी विभाजनपछि जसपा प्रवक्ताको प्रतिक्रिया- साथीहरूले राजनीतिक ‘आत्महत्या’ गरे

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) विभाजित भएको छ । पार्टी प्रवक्ता मनीष सुमनले यसलाई ‘राजनीतिक आत्महत्या’को संज्ञा दिएका छन् ।

उनले नयाँ दल दर्ताका लागि निर्वाचन आयोग पुगेका नेता तथा सांसदले आफ्नो राजनीतिक हत्या आफैँ गरेको प्रतिक्रिया दिए ।

“उहाँहरूले आफ्नो राजनीतिक हत्या आफैँ गर्नुभयो, ” प्रवक्ता सुमनले नेपालभ्युजसँग भने, “यसले कसैलाई पनि फाइदा गर्दैन ।”

अध्यक्ष यादव अमेरिकामा रहेका बेला जसपा विभाजन, अशोक राई पक्षले आयोगमा दियो आधिकारिताको निवेदन

पार्टीका वरिष्ठ नेता अशोक राईको नेतृत्वमा सातजना सांसद निर्वाचन आयोग पुगेका छन् । उनीहरूलाई आयोगले दल आधिकारिकताको निवदेनसमेत दिइसकेको छ ।

उपप्रधान एवम् स्वास्थ्यमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष उपेन्द्र यादव अमेरिका छन् । उनी अमेरिका रहेका बेला उनको पार्टी विभाजन भएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved