सन्दीप लामिछानेविरुद्ध प्रहरीले संकलन गर्‍यो यस्ता प्रमाण

जबरजस्ती करणीको अभियोग लागेका सन्दीप भने नेपाल बाहिरै  छन्। तर, उनी स्वदेश नआए पनि प्रहरीले प्रमाण जुटाइरहेको छ। सन्दीपविरुद्ध तीन वटा प्रमाण बलिया रहेको अनुसन्धानमा संलग्न एक अधिकारीले बताए ।

नेपालभ्युज

सन्दीप लामिछानेविरुद्ध प्रहरीले संकलन गर्‍यो यस्ता प्रमाण

काठमाडौं।नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको आरोप लागेपछि प्रहरीले तीन वटा बलिया प्रमाण संकलन गरेको छ। घटना अनुसन्धानकै चरणमा रहेको र आरोपित पनि पक्राउ परिनसकेको कारण थप विषय उल्लेख गर्न नमिल्ने प्रहरी उच्च अधिकारीहरू बताउँछन्।

आरोप लगाउने किशोरीको मेडिकल रिर्पोटमा ‘कन्या जाली च्यातिएको’ उल्लेख रहेको अनुसन्धानमा संलग्न अधिकारीले बताएका छन् । प्रहरीमा जाहेरी दिएलगतै २१ भदौमा गरिएको मेडिकल रिर्पोटमा ‘कन्या जाली च्यातिएको’ उल्लेख रहेको ति अधिकारीले बताएका छन्।

जबरजस्ती करणीको अभियोग लागेका सन्दीप भने नेपाल बाहिरै  छन्। तर, उनी स्वदेश नआए पनि प्रहरीले प्रमाण जुटाइरहेको छ। सन्दीपविरुद्ध तीन वटा प्रमाण बलिया रहेको अनुसन्धानमा संलग्न एक अधिकारीले बताए ।

उनी भन्छन् ‘‘अभियोग लागेका व्यक्ति पक्राउ नपरे पनि उनी विरुद्ध केही प्रमाण जुटिसकेको छ। उजुरीकर्ताको उमेर १७ वर्ष ७ महिना रहेको देखिएको छ। यसकारण उनी नाबालिग रहेको पुष्टि हुन्छ । उजुरीपछि प्रहरीले गरेको स्वास्थ्य परीक्षणमा उनको कन्या जाली च्यातिएको स्वास्थ्य प्रतिवेदन आएको छ। साथै होटलमा गएको र फर्किएको सीसीटीभी फुटेज पनि छ।’’

 

यो पनि पढ्नुहोस्-

‘सन्दीपलाई फसाउने केटी’ भन्दै निर्दोष युवतीको चरित्रहत्या, अर्कै भिडिओ काटेर भाइरल

के छ कानूनमा व्यवस्था ?

नेपालको कानूनले नाबालिगसँग शारीरिक सम्बन्ध राख्ने पुरुषलाई कडा सजायको व्यवस्था गरेको छ। मुलुकी अपराध संहिता २०७४ अनुसार १८ वर्षभन्दा कम उमेरको बालिका र किशोरीसँग सहमतिमै भएको यौन सम्बन्ध पनि जबरजस्ती करणी मानिन्छ।

मुलुकी अपराध संहिता २०७४ को दफा २१९ मा करणी भएको मानिने अवस्था र सजाय सम्बन्धी व्यवस्था छ। उक्त दफाको उपदफा २ मा भनिएको छ, ‘‘कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबरजस्ती करणी गरेको मानिने छ।’’

यस्तै, १६ वर्ष वा १६ वर्षभन्दा माथि र १८ वर्षभन्दा कम उमेर भएकालाई करणी भए १० वर्षदेखि १२ वर्षसम्म कैद सजायको व्यवस्था छ। यस्तै पीडकबाट पीडितलाई पीडकबाट ‘मनासिब’ क्षतिपूर्ति भराउनुपर्ने व्यवस्था पनि छ। यदि सन्दीपविरुद्ध लागेको अभियोग पुष्टि भएमा उनले माथि उल्लेखित सजाय भोग्नुपर्ने अवस्था आउन सक्नेछ।

यो पनि पढ्नुहोस् –

विमानस्थलबाटै पक्राउ पर्नेछन् सन्दीप, यसरी अघि बढ्छ उनीविरुद्धको मुद्दा

कहिले स्वदेश फर्केलान् सन्दीप ?

नेपाली टोलीको नेतृत्व गर्दै लामिछाने केन्याविरुद्ध ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृङ्खला खेल्न भदौ ६ गते राजधानी नैरोबीतर्फ प्रस्थान गरेका थिए। त्यसको अघिल्लो रात लामिछानेले आफूमाथि जबरजस्ती करणी गरेको जाहेरी किशोरीको आरोप छ।

क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न गएका उनले केही दिनमै नेपाल फर्किने बताएका थिए। आफू निर्दोष रहेको भन्दै सन्दीपले सीपीएलबाट बिदा भएर केही दिनमा नेपाल फर्किने निर्णय गरेको बताएका थिए। तर, सोमबारसम्म उनी स्वदेश फर्किएका छैनन्।

यो पनि पढ्नुहोस्-

बलात्कार आरोपबारे किन बोल्दैनन् सन्दीप ?

जाहेरीकर्ता किशोरीको स्वास्थ्य परीक्षण, होटलबाट लिइयो सीसीटीभी फुटेज

सन्दीप लामिछानेमाथि १७ वर्षिया किशोरी बलात्कार गरेको आरोप

बन्द प्रशिक्षणमा रहेका सन्दीप कसरी पुगे नगरकोट ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved