जसपा विभाजनकर्ता सांसद भन्छन्- पार्टीभित्रको लोकतन्त्र स्थापित गर्न पहल लिएका हौँ

नेपालभ्युज

जसपा विभाजनकर्ता सांसद भन्छन्- पार्टीभित्रको लोकतन्त्र स्थापित गर्न पहल लिएका हौँ

काठमाडौं । जनता समाजवादी पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएका अशोक राई पक्षकी एक सांसद सुशीला श्रेष्ठले पार्टीमा आन्तरिक लोकतन्त्र नभएकाले आफूहरूले पहल लिएको बताएकी छिन्।

‘हाम्रोमा आन्तरिक लोकतन्त्र भएन। एउटा मान्छेले जे-जे भन्यो, त्यही त्यही गर्नुपर्ने, त्यसैलाई बाध्यकारी बनाउनुपर्ने परिस्थिति बनेको थियो। लोकतन्त्रका लागि यत्रो ठूलो लडाइँ लडियो, पञ्चायती व्यवस्था ध्वस्त गरियो, राजतन्त्र फालियो’, उनले भनिन्, ‘गणतन्त्रमा पार्टीभित्रको लोकतन्त्र स्थापित गर्न अलिकति पहल गर्नुपर्छ भन्ने लागेर हो।’

आइतबार अशोक राई, वीरेन्द्र महतो, प्रदीप यादव, नवलकिशोर साह सुडी, सुशीला श्रेष्ठ, हसिना खानुत र रञ्जु ठाकुरले आधिकारिताका लागि निर्वाचन आयोगमा निवेदन दिएका हुन्। यो पक्षमा पार्टीका २९ जना केन्द्रीय कार्यकारिणी समिति सदस्य पनि रहेको बताइएको छ।

आफूहरूले निर्वाचन आयोगमा निवेदन दिएको र बाँकी प्रक्रिया आयोगलाई जिम्मा लगाएको बताइन्।

यादवले नेतृत्व गर्दा पार्टीको नाम जनता समाजवादी पार्टी नेपाल थियो। निवेदनकर्ताले जनता समाजवादी पार्टीमा आफूहरु आधिकारिक रहेको उल्लेख गरेका छन् ।

यो पनि पढ्नुहोस :

अध्यक्ष यादव अमेरिकामा रहेका बेला जसपा विभाजन, अशोक राई पक्षले आयोगमा दियो आधिकारिताको निवेदन

दल विभाजनका लागि कानुन छैन, नियमावलीको भरमा अशोक राई पक्ष

जसपा विभाजन : केन्द्रीय अध्यक्ष अशोक राई, महासचिवमा इश्तियाक राई


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved