जसपा विभाजन : केन्द्रीय अध्यक्ष अशोक राई, महासचिवमा इश्तियाक राई

नेपालभ्युज

जसपा विभाजन : केन्द्रीय अध्यक्ष अशोक राई, महासचिवमा इश्तियाक राई

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जसपा नेपालको विभाजन भएको छ । आइतबार अशोक राईको नेतृत्वमा एक पक्षले जसपाको आधिकारिकता दाबी गर्दै निवेदन दिएको छ ।

नयाँ पार्टीको संघीय परिषद्को अध्यक्ष राजेन्द्र श्रेष्ठलाई बनाइएको छ । सो परिषद् नीति निर्माणको अङ्ग भएको श्रेष्ठले बताए ।

उनका अनुसार संघीय परिषद्पछि केन्द्रीय समिति हुनेछ। ‘त्यसको अध्यक्ष अशोककुमार राई हुनुहुन्छ’, उनले भने । पार्टीको सहअध्यक्षमा रेणुकुमारी यादवलाई राखिएको छ ।

दल विभाजनका लागि कानुन छैन, नियमावलीको भरमा अशोक राई पक्ष

त्यस्तै चार जना उपाध्यक्ष हुनेछन् । जसमा जनध्वज कङ्दङ्वा, नवलकिशोर साह, परशुराम बस्नेत र सुशीला श्रेष्ठ रहेको राजेन्द्र श्रेष्ठले बताए ।

पार्टीको महासचिवमा मोहम्मद इश्तियाक राई हुनेछन् । आफूहरूले एक हप्ताभित्र भेला गर्ने र बाँकी विषय टुंगो लगाउने श्रेष्ठले संचारकर्मीलाई बताए ।

यो पनि पढ्नुहोस :

अध्यक्ष यादव अमेरिकामा रहेका बेला जसपा विभाजन, अशोक राई पक्षले आयोगमा दियो आधिकारिताको निवेदन

जसपा विभाजनकर्ता सांसद भन्छन्- पार्टीभित्रको लोकतन्त्र स्थापित गर्न पहल लिएका हौँ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved