समाजमा आशा जगाउन सबै राजनीतिक दल एक हुनुपर्छः महामन्त्री शर्मा

नेपालभ्युज

समाजमा आशा जगाउन सबै राजनीतिक दल एक हुनुपर्छः महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली समाजमा आशा जगाउन सबै राजनीतिक दलहरु एक ठाउँमा उभिनुपर्ने बताएका छन् ।

आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो आवश्यकता औंल्याएका हुन्  । महामन्त्री शर्माले नेपाल कहिल्यै पराधिन नभएपनि सुगौली सन्धिपछि धेरै भूभाग गुमाउनु परेको उल्लेख गर्दै ती भूभागलाई फिर्ता ल्याउने गरी आफूलाई बलियो बनाएर अघि बढ्न नेपालका राजनीतिक दलहरु सबै मिल्नुपर्ने बताए ।

उनले नेपाल इतिहासको सबैभन्दा सुन्दरघडीमा रहेको र नेताहरु जनताको खरो प्रश्नभन्दा टाढा भाग्न नसक्ने अवस्था रहेकाले अब जनतामा आशा जगाउनका लागि साझा मनोविज्ञान बनाएर अघि बढनुपर्ने बताए । उनले निराशाको नाम दिने भन्दा त्यसलाई असन्तुष्टिको बाटोबाट सन्तुष्टिको खोजी, नयाँ सपनाको खोजीतर्फ लिएर जानुपर्ने पनि बताए ।

महामन्त्री शर्माले भने, ‘नेपाल अहिले इतिहासको सबैभन्दा सुन्दर घडीमा छ । कुन दल सरकारमा छ, कुन दल ठूलो छ, सरकारको नेतृत्व कसले गरिरहेको छ ? ती विषय तत्कालिक विषय हुन् । तर नेपाल देश लामो संशस्त्र संघर्षबाट शान्तिमा अवतरण भएको छ । संविधानविदबाट संविधान बनेको छ । एकात्मक राज्य प्रणालीबाट संघीय राज्यमा परिणत भएको छ ।’

महामन्त्री शर्माले युवाहरुमा पनि नयाँ आशा भर्ने काममा सबै राजनीतिक दलहरुले काम गर्नुपर्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved