रास्वापाविरुद्ध हर्क : पार्किङको पैसा लिएर सवारी जिम्मा नलिएको भन्दै विरोध आएपछि आक्रामक

पार्किङ शुल्क असुल गरेपनि सुरक्षाको जिम्मा भने असुली गर्ने ठेकेदारले नलिने सूचनामा उल्लेख छ । शुल्क दिएर पार्किङ गरी राखेको सवारी साधन हराएमा, चोरी भएमा सम्बन्धित सवारी धनी नै जिम्मेवार हुने सूचनामा आएपछि रास्वपाले विरोध जनाउँदै आएको छ ।

नेपालभ्युज

रास्वापाविरुद्ध हर्क : पार्किङको पैसा लिएर सवारी जिम्मा नलिएको भन्दै विरोध आएपछि आक्रामक

धरान । फेसबूकमा तारन्तार स्ट्याटस लेखेर चर्चामा आएका धरानका मेयर हर्क साम्पाङ पछिल्लोसमय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) विरुद्ध खनिँदै आएका छन् । साम्पाङ फेसबूक धेरै चलाएकै कारण पछिल्लोसमय बढी विवादित पनि हुने गरेका छन् ।

राजनीतिक दलहरूले आँखा चिम्लिएका नागरिकका समस्या र स्थानीय बेथितिलाई नै मुख्य मुद्दा बनाएर अभियान चलाउँदै आएका उनले चुनाव जितेपछि देशभरिबाट समर्थन र सहानुभूति पाए । तर, उनलाई आफैँले लेख्ने गरेको स्टाटसहरूले विवादमा तानिरहन्छन् ।

पछिल्लोसमय उनले धरान उपमहानगरपालिकाले लगाएको पार्किङ शुल्कको विरोधमा हस्ताक्षर सङ्कलन गर्न थालेपछि रास्वपाविरुद्ध उनी आक्रामक भएका छन् । उनका पछिल्ला अधिकांश स्ट्याटस रास्वपाविरुद्ध छन् । साथै रास्वपाविरुद्ध आएका समाचारसमेत सेयर गरिरहेका छन् ।

हर्कले लेखेका छन्, “रु १० को एजेन्डा लिएर विकासको विरोध गर्ने पार्टीले विकासको नीति के ले को छ ? श्रीलंकाको यात्रामा नेपाललाई लैजाने मात्रै त होला ! कि कसो पो ?”

हर्क साम्पाङ र बहुसंस्कृतिवाद

कर्क अत्यन्तै सस्तो तरिकाले प्रस्तुत हुँदै ‘कहानी १० रुपे ! रास्वपाको कहानी १० रुपे !’ भन्दै गीतसमेत गाएर भिडिओ राखेका छन् ।

ट्राफिक व्यवस्थापनका लागि पार्किङ स्थलहरू निर्धारण नीति तथा कार्यक्रम स्पष्ट नगरी ठेकेदारमार्फत शुल्क सङ्कलन गर्न थालेपछि हर्कको चौतर्फी आलोचना भइरहेको छ । उपमहानगरपालिकाले सामाजिक सञ्जालमा सूचना प्रकाशित गरी कात्तिक २४ गतेदेखि यात्रुवाहक सार्वजनिक सवारी सफारी, ट्याम्पोबाट पार्किङ शुल्क लिन थालेको छ ।

मोरङको प्रिन्स निर्माण सेवालाई यात्रुवाहक सार्वजनिक यातायातका सवारी साधनहरूलाई पार्किङ शुल्क असुलीको ठेक्का दिइएको छ ।

सरकारी कार्यालयमा राष्ट्रपतिको फोटो हटाएर ‘राजा’को राख्न मिल्छ ? को हुन् हर्कले राखेका यलम्बर ?

ठेक्कापछि धरानमा स्कुटर, मोटरसाइकललाई १० रुपैयाँ, ट्याम्पो, निजी साना, हलुका सवारीलाई २५ रुपैयाँ, सफारीलाई ३० रुपैयाँ, कार, मारुती भ्यानलाई ३५ रुपैयाँ, बास, माइक्रो बस, बेलुरो, स्कारपियोलाई ५० रुपैयाँ शुल्क लिइँदै आएको छ ।

पार्किङ शुल्क असुल गरेता पनि सुरक्षाको जिम्मा भने असुली गर्ने ठेकेदारले नलिने सूचनामा उल्लेख छ । शुल्क दिएर पार्किङ गरी राखेको सवारी साधन हराएमा, चोरी भएमा सम्बन्धित सवारी धनी नै जिम्मेवार हुने सूचनामा आएपछि रास्वपाले विरोध जनाउँदै आएको छ ।

सम्बन्धित समाचार-

मेयर हर्क साम्पाङको अवचेतनमा बसेको ‘जातीय हिंसा’ र अहंकार

महिलाले झारिन् हर्क साङपाङको झाँको, भाग्दै हर्कले भने- ‘पख्, तिमीहरूको घर भत्काइदिन्छु’ (भिडिओ)

फेसबूकको उक्साहटले ‘धर्म विवाद’मा हर्क साम्पाङ

फेरि विवादमा हर्क साम्पाङ, किन गराए निजी जग्गामा जबरजस्ती वृक्षारोपण ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved