फेसबुकको उक्साहटले ‘धर्म विवाद’मा हर्क साम्पाङ

हिन्दू धर्मप्रति हर्क साम्पाङको असहिष्णु टिप्पणी– ‘विभेद पाल्ने धर्म, नसच्चिए सकिन्छ’

आफ्नै अभिव्यक्ति र गतिविधिका कारण पटक–पटक विवादमा तानिँदै आएका धरान नगर प्रमुख हर्कराज साम्पाङ धार्मिक विवादमा फसेका छन्।  धरान १४ विजयपुरस्थित गोपाल मन्दिर नजिकै चर्च बनाइएको विषयमा साम्पाङ विवादमा मुछिएका हुन्। 

नेपालभ्युज

फेसबुकको उक्साहटले ‘धर्म विवाद’मा हर्क साम्पाङ

काठमाडौं। आफ्नै अभिव्यक्ति र गतिविधिका कारण पटक–पटक विवादमा तानिँदै आएका धरान नगर प्रमुख हर्कराज साम्पाङ धार्मिक विवादमा फसेका छन्।  धरान १४ विजयपुरस्थित गोपाल मन्दिरनजिकै चर्च बनाइएको विषयमा साम्पाङ विवादमा मुछिएका हुन्।

उनीमाथि गलत आशयले वा धार्मिक सद्भाव भड्काउने हिसाबले चर्च निर्माण गराइएको आरोप लागिरहेको छ।

पार्टी प्यालेस बनाउने भनेर झुकाउँदै चर्च बनाइएको विजयपुर क्षेत्र धार्मिक संरक्षण समितिले जनाएको छ। आफूहरूलाई ढाँटेर जबर्जस्ती चर्च बनाइएको भन्दै समिति सदस्यसँगै स्थानीय विरोधमा उत्रिएका छन् ।

धार्मिक सद्भाव भड्काउने गरी मन्दिरनजिकै बनाइएको चर्च भत्काउनुपर्ने उनीहरूको माग छ।

आफ्नो गतिविधिका कारण धार्मिक सद्भाव खलबलिने संकेत बढेपछि उनी झन् आक्रमक ढंगमा प्रस्तुत भएका छन्।
उनले सामाजिक सञ्जालमार्फत निरन्तर विवादास्पद अभिव्यक्ति दिइरहेका छन्।

हर्क साम्पाङ : हावादारी पोस्टका कारण खस्कँदो साख, समाजशास्त्री र मनोविद्को यस्तो सुझाव

फेसबुक समर्थकको आडमा उनले शुक्रबार लेखेका छन्, ‘‘अतिवादीहरूले गर्दा हिन्दू धर्म सिद्धिन लागेको छ। मलाई हिन्दूको विरुद्धमा बोल्न बाध्य नबनाउनु। अहिलेसम्म सामाजिक सञ्जालमा हारेको रेकर्ड छैन है यो फुच्चे केटाले।’’ उनले बिहानै हिन्दू धर्मलाई जातीय विभेद पालेर बस्ने धर्म भन्दै आरोप लगाए।

हिन्दू धर्मलक्षित असहिष्णु टिप्पणी गर्दै उनले ‘जातीय विभेद पालेर बस्ने हिन्दू धर्म सकिने बाटोमा लागेको’ टिप्पणी गरेका छन्। उनले फेसबुकमा लेखेका छन् ‘‘इसाई बढे भनेर भन्नुभन्दा पनि किन बढे भनेर कारण खोज्नु। जातीय विभेद पालेर बस्ने कुन धर्म हो ? वर्ण व्यवस्था कुन धर्ममा छ ? समय सापेक्ष बदलिन नसके सकिने मेलो आउँछ ।’’

हिन्दूले छुवाछूत गरेको आरोप लगाउने साम्पाङ तिनै हुन् जो अघिल्लो वर्ष जातीय विभेद गरेको आरोपमा विवादमा तानिएका थिए। दलित समुदायलाई अपमान हुने गरी सामाजिक सञ्जालमा ‘चमारे बुद्धि’ भन्ने शब्द राखेर स्ट्याटस लेखेपछि दलित आयोगले उनलाई कारबाही सिफारिससमेत गरेको थियो। उनले अन्तिममा माफी मागेका थिए।

मेयर हर्क साम्पाङको अवचेतनमा बसेको ‘जातीय हिंसा’ र अहंकार

हल्का फुल्का कुरामा स्ट्याटस लेख्ने त साम्पाङको पुरानै रोग हो। अहिले ‘हिन्दू विरोध’को आरोप लागेपछि पनि उनले कमजोर तर्कसहित मनलाग्दी फेसबुक स्ट्याटस लेखेका छन्।

उनले हिन्दूको सम्मानमा आफूले ‘सेवा’ को ठाउँमा ‘नमस्कार’ गर्दै अभिवादन गरिरहेको कमजोर तर्क पेस गरेका छन्।
उनले लेखेका छन्, ‘नमस्कार’ पनि हिन्दूको सम्बोधन हो है अबदेखि ‘सेवा’ भनुँ त ? ‘सेवा…’ अलि अलि भएको पनि सिद्धिने मेलो गर्छन् र तउ गोक्ते भन्छु तउ।’

आफ्नो आलोचना गर्नेलाई साम्पाङले आफू ‘आदिमवासी मूलवासी’ भन्दै निहुँ नखोज्न चेतावनी दिएका छन्।
उनले लेखेका छन्, ‘‘साह्रै धेरै निहुँ खोजे कुरा अर्कै आउँछ है ! आदिमवासी मूलवासीहरूसँग निहुँ नखोजेको राम्रो ! योभन्दा धेरै बोलिनँ ।’’

साम्पाङका यिनै अभिव्यक्तिप्रति राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि आपत्ति जनाएका छन्।

बिहानभरिमा मेयर हर्क साम्पाङको २० वटा फेसबुक स्ट्याटस

उनले धार्मिक सद्भाव खलबल्याउने अभिव्यक्ति सहज र उपयुक्त नभएको प्रतिक्रिया दिएका छन्।

थापाले फेसबुकमा लेखेका छन्, ‘‘सनातन धर्म संस्कृतिप्रति भ्रम सिर्जना गर्ने र हिन्दूहरूलाई चुनौती दिने धरानका मेयर हर्क साम्पाङको अभिव्यक्ति ठिक लागेन। हिन्दू, बौद्ध, किराँत, प्रकृति पूजक हामी सबै सनातन धर्म संस्कृतिको बृहत् परिवारका सदस्य हौँ। परस्पर सद्भाव र सहकार्य हाम्रो विशेषता हो। सनातन धर्मले जातीय विभेदलाई स्वीकार गर्दैन भन्ने पनि बुझिदिन आग्रह छ।’’

फेसबुकको अधिक प्रयोगले विवादमा

स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूमध्ये चर्चित र लोकप्रिय व्यक्ति हुन् हर्क साम्पाङ। उनको प्रशंसा र लोकप्रियताको चर्चा परिचर्चा भइरह्यो। उनको बारेमा सञ्चारमाध्यमले सकारात्मक प्रकाशन-प्रसारण गर्दै आएका थिए।

सामाजिक सञ्जाल उनकै प्रशंसाले भरिएको भेटिन्थ्यो। तर, उनी एकपछि अर्को विषयमा विवादमा र झमेलामा फस्दै आएका छन्। मेयर साम्पाङले श्रमदान जुटाएरै धरानमा खानेपानी ल्याउन सफल भए।

तैपनि, साम्पाङलाई विवादित र आलोचित बनाइरहने मुख्य कारण फेसबुकको अधिक प्रयोग हो। उनी औसत फेसबुक प्रयोगकर्ताको दाँजोमा अत्यधिक फेसबुक चलाउँछन्।

खानेपानीको बजेट माग्दै हर्क साम्पाङको टोली सिंहदरबारमा, माग पूरा नभए धर्ना बस्ने चेतावनी

‘हर्क साम्पाङ अ रिभोलुसन’ नामक फेसबुक पेज छ। र एकाउन्टमा दैनिक दर्जनौं पोस्ट गर्दै आएका छन्। यही फेसबुकबाट पछिल्लो समय जातीय सहिष्णुता वितरितका स्ट्याटस पोस्ट गर्दैआएका छन्।

फेसबुकमा मनलाग्दी लेख्ने उनको बानीले उनका धेरै शुभचिन्तकहरू निराश हुन थालेका छन्। केही समयअघि सकारात्मक मात्रै स्ट्याटस आउने उनको पोस्टमा पछिल्लो पटक चर्को आलोचना आइरहेका छन्।

कमल थापाको टिप्पणी- हर्क साम्पाङले धार्मिक सद्भाव बिथोल्न खोजे


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved