शीर्षस्थानको राजस्थानसँग लखनउ ७ विकेटले पराजित

नेपालभ्युज

शीर्षस्थानको राजस्थानसँग लखनउ ७ विकेटले पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएलमा राजस्थानले लखनउ सुपर जाएन्ट्स माथि ७ विकेटको जित निकालेको छ ।

राजस्थानले नवौं खेलमा आठौ जित दर्ता गरेको हो । जितसँगै शीर्ष स्थानमा रहेको राजस्थान रोयल्सले अंकदूरी समेत बढाएको छ ।

उसको १६ अंक भएको छ । लखनउले दिएको १९७ रनको लक्ष्य पछ्याएको राजस्थानले ६ बल बाँकी छँदै ३ विकेट मात्र गुमाएर खेल पुरा गर्यो ।

राजस्थानका लागि कप्तान सञ्जु स्यामसनले ३३ बलमा ७ चौका र ४ छक्का सहित ७१ रन बनाउँदै अविजित रहे ।

लखनउका यश ठाकुर, मार्कस स्टोइनिस र अमित मिश्राले १ १ विकेट लिए ।

त्यसअघि लखनऊमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९६ रन बनाएको थियो ।

लखनउ ९ खेलबाट १० अंक सहित चौथो छ । हिजै भएको पहिलो खेलमा मुम्बई इन्डियन्स दिल्ली क्यापिटल्ससँग पराजित भएको छ ।

आज हुने पहिलो खेलमा गुजरात टाईटन्स र रोयल च्यालेन्जर्स बेङ्लोर भिड्ने छन् भने दोस्रो खेलमा चेन्नाई सुपर किङ्स र सनराईजर्स हैदराबाद खेल्नेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved