पञ्जाबलाई पराजित गर्दै बेङ्लोर सातौँ स्थानमा, प्लेअफको सम्भावना कायमै

नेपालभ्युज

पञ्जाबलाई पराजित गर्दै बेङ्लोर सातौँ स्थानमा, प्लेअफको सम्भावना कायमै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेनजर्स बेङ्लोरले ( पञ्जाब किङ्सलाई ६० रनले पराजित गरेको छ ।

जितसँगै बेङ्लोरले प्लेअफको सम्भावनालाई जोगाएको छ । गएराति भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको बेङ्लोरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर दुई सय ४१ रन बनाएको थियो । उसका विराट कोहलीले सर्वाधिक ९२ रन बनाए ।

त्यस्तै रजत पटिदारले ५५ रन जोडे । जितका लागि दुई सय ४२ रनको लक्ष्य पछ्याएको पञ्जाब १७ ओभरमा एक सय ८१ रनमा समेटियो ।

पञ्जाबका राईली रुस्सोले सर्वाधिक ६१ रन बनाए । अंक तालिकामा १२ खेलमा १० अंकसहित बेङ्लोर सातौँ स्थानमा छ । पराजित पञ्जाब १२ खेलमा ८ अंकसहित नवौँ स्थानमा झरेको छ । आईपीएल क्रिकेटमा आज गुजरात टाईटन्स र चेन्नई सुपर किङ्स खेल्दैछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved