काठमाडौंमा आजदेखि तेस्रो लगानी सम्मेलन, ५५ देशका १ हजार ६ सय धनाढ्य सहभागी हुने

नेपालभ्युज

काठमाडौंमा आजदेखि तेस्रो लगानी सम्मेलन, ५५ देशका १ हजार ६ सय धनाढ्य सहभागी हुने

काठमाडौं । काठमाडौंमा आजदेखि तेस्रो लगानी सम्मेलन सुरु हुदैछ । दुई दिनसम्म चल्ने सम्मेलनमा स्वदेश तथा विदेशबाट गरेर १ हजार ६ सय जनाभन्दा बढीको सहभागिता रहने छ ।

सम्मेलनका लागि २ हजार ४ सयभन्दा बढी व्यक्तिलाई निमन्त्रणा पठाइएको थियो ।

कतिपय धनाढ्यले भने नेपालले पठाएको निम्तोमा कुनै प्रतिक्रिया नदिएको लगानी बोर्डले जनाएको छ । बोर्डका अनुसार विभिन्न ५५ देशका लगानीकर्ता सम्मेलनमा सहभागी हुनेछन् । सम्मेलनमा नेपालका ३८५ जनाको सहभागिता हुनेछ ।

सम्मेलनका लागि १५० आयोजना शोकेसमा राखिने छ । सम्मेलन स्थलमा २३ प्रदर्शनी कक्ष (स्टल) राखिनेछन् । सम्मेलनका क्रममा विभिन्न १९ परियोजनाका लागि आशयपत्र आह्वान गर्न लागिएको छ । सम्मेलनको पहिलो दिन उद्घाटन सत्र र दुईवटा मुख्य सत्र रहेका छन् ।

५० जना बढी वक्ता रहने छन् । पहिलो दिन २ वटा र दोस्रो दिन ८ वटा सत्र सञ्चालन गरिनेछ । पहिलो दिनको सत्रमा १५ जना वक्ताले बोल्ने छन् ।

पहिलो सत्रमा नेपालमा लगानीको सम्भाव्यता र दोस्रो सत्रमा मुनाफा आर्जन गरेका कम्पनीको अनुभव आदानप्रदान हुने बोर्डले जनाएको छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved