तोलामा २३ सय रुपैयाँले बढ्यो सुनको मूल्य

नेपालभ्युज

तोलामा २३ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य बिहीबारको तुलनामा तोलामा २ हजार ३ सय रूपैयाँले बढेर १ लाख ३७ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुनको मूल्य तोलाको १ लाख ३७ हजार २ सय ५० रूपैयाँ कायम भएको छ ।

यस्तै, शुक्रबार चाँदीको मूल्य तोलामा ५० रूपैयाँले बढेर १ हजार ७ सय ३५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved