नेपालमा ह्युण्डाई मोटर एसेम्बली प्लान्ट सञ्चालनमा

नेपालभ्युज

नेपालमा ह्युण्डाई मोटर एसेम्बली प्लान्ट सञ्चालनमा

काठमाडौं । ह्युण्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. को मुख्य कम्पनी लक्ष्मी ग्रुपको एक सहायक कम्पनी लक्ष्मी मोटर कर्पोरेसन (एलएमसी)ले ह्युण्डाई मोटर एसेम्बली प्लान्टको उद्घाटन गरेको छ । शुक्रबार रामग्राम, परासीमा एक भव्य समारोहका साथ उक्त प्लान्टको उद्घाटन गरिएको हो ।

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री  जोख बहादुर महरा, नेपालका लागि दक्षिण कोरियाका राजदूत महामहिम पार्क ते यन्ग, हुन्डाई मोटर भारत लि. का प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत उन्सू किम तथा स्थानीय सरकारका जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कम्पनीको अनुसार ६५,००० वर्ग मिटरको क्षेत्रफलमा फैलिएको एलएमसी ह्युण्डाई मोटर एसेम्बली प्लान्ट, जसमा १४,००० वर्ग मिटर को भव्य निर्माण क्षेत्र रहेको छ ।

साथै ५,००० इकाईको वार्षिक क्षमता भएको यस संरचनाले ह्युण्डाई मोटर कम्पनी (एचएमसी)को सबै मापदण्डहरूको पालना गर्दै नेपालभर ह्युण्डाई मोटर गाडी उत्पादनलाई तीव्र गतिमा ल्याउने लक्ष्य राखेको छ ।

एचएमसीको प्राविधिक पर्यवेक्षणमा एलएमसीले निर्माण गरेको प्लान्टमा उत्पादित हरेक सवारी साधनमा  कार्य सम्पादन, सुरक्षा र विश्वसनीयताका उच्चतम गुणस्तर सुनिश्चित हुने कम्पनीको भनाई रहेको छ ।

आयात गरिएका पूर्ण रूपमा विभाजित हुने पाटपुर्जाहरुको सदुपयोग गरी यस आधुनिक संरचनामा त्यसको सतर्कता साथ संयोजन गर्ने प्रणालीले एलएमसीको गुणस्तर प्रतिको प्रतिबद्धतालाई देखाएको छ ।

उद्घाटन समारोहमा, प्रधानमन्त्री दाहालले नेपाली अटो मोबाइल औद्योगीकरण क्षेत्रको विकासमा ह्युण्डाई नेपालको योगदान र त्यसको फलस्वरूप वृद्धि भएको आर्थिक समृद्धि र रोजगार अवसरहरूमाथि जोड दिएका थिए ।

नयाँ उद्योग सञ्चालनमा आएपछि नेपालमा औद्योगिक वातावरणका निम्ति स्वदेशी एवं विदेशी लगानीकर्ताहरूलाई थप आकर्षित गर्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले औद्योगिकीकरणसँगै आयात प्रतिस्थापन हुने र सयौँ दक्ष एवं अर्धदक्ष कामदारहरूका निम्ति रोजगारी प्राप्त गर्ने बताए ।

हुन्डाई मोटर इन्डिया लिमिटेडका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत उन्सू किमले परासीको रामग्राममा रहेको नेपालको नयाँ हुन्डाई मोटर एसेम्बली प्लान्टप्रति आफ्नो उत्साह व्यक्त गर्दै ग्राहकको सन्तुष्टिमा उन्नत प्रविधि र सीप हस्तान्तरणको प्रभावलाई प्रकाश पारे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved