एटिएस ब्राण्डको नेपाली टाइल अब बजारमा 

नेपालभ्युज

एटिएस ब्राण्डको नेपाली टाइल अब बजारमा 

काठमाडौं । पशुपति सेरामिक्स् प्रा.लीले आफ्नो उत्पादन एटिएस टाइल्स्को परीक्षण बिक्री वितरणको सुरुवात गरेको छ ।

सिमरास्थित विशेष आर्थिक क्षेत्रभित्र अवस्थित उत्पादन केन्द्रको निर्माणलगायत अन्य सम्पूर्ण पूर्व तयारीको कार्य सम्पन्न गरी कम्पनीले आफ्ना उत्पादनहरूलाई बजारमा सर्वसाधारणको लागि बिक्रीमा ल्याएको हो ।

नेपालमा पहिलो बहुराष्ट्रिय टाइल्स् कम्पनीको जोइन्ट भेन्चरको रूपमा स्थापित यस कम्पनीले दुई हप्ताको छोटो अवधिमा बजारबाट सकारात्मक प्रतिक्रिया पाइरहेको बताइएको छ ।

कम्पनीले सुरुवाती चरणमा भुँइको लागि ४००*४०० मिमिको पार्किङ्ग टाइल र ६००*६०० मिमिको सेमी–भिट्रिफाइड टाइललाई बजारमा ल्याएको हो । भने तत्काल भविष्यमा कम्पनीले क्रमशः ३००*४५० को वाल टाइल र ६००*१२०० को जिभिटी र पिजिभिटी टाइल उत्पादन गर्ने जनाएको छ ।

कम्पनीले यी सबै प्रकार र आकारको टाइल उत्पादनको लागि स्पेन, इटाली, चीन र भारतको मेसिनरीको प्रयोग गरी ६०००० वर्ग मिटर क्षेत्रफलमा इटालीयन प्रविधिमा आधारित कारखानाको स्थापना गरेको छ ।

“अन्तराष्ट्रियरुपमा स्थापित एटिएस ब्राण्डको टाइललाई नेपालमै पहिलो बहुराष्ट्रिय जोइन्ट भेन्चरको रूपमा उत्पादन गरी बिक्रीबितरणमा ल्याउन पाउँदा हामी गौरवान्वित छौं ।,” कम्पनीका कार्यकारी निर्देशक सरोज रौनियार भन्छन्, “यस कदमले नेपाली उपभोक्तालाई आफ्नै देशमा उत्पादित अन्तर्राष्ट्रिय ब्राण्डको टाइल सस्तो र सुपथ मूल्यमा हासिल गर्न सहज गराउनेछ ।”

साथै उनले कम्पनीको उत्पादन गुणस्तरीय, उत्कृष्ट डिजाइनका हुनुका साथै शतप्रतिशत वाटर प्रुफ भएको दाबी गरे । करिब डेढ अर्ब लगानीमा स्थापित यस कम्पनीको दैनिक १५ हजार वर्ग मिटर उत्पादन क्षमता रहेको छ ।

आफ्ना उत्पादनले नेपाली बजारको करिब ४० प्रतिशत हिस्सा ओगट्ने कम्पनीको आँकलन रहेको छ । टाइल्स् फर यभ्री यज ट्यागलाइन सहित स्थापित यस कम्पनीले करिब २५० जनालाई रोजगारी दिएको बताएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved