कमल थापाको टिप्पणी- हर्क साम्पाङले धार्मिक सद्भाव बिथोल्न खोजे

नेपालभ्युज

कमल थापाको टिप्पणी- हर्क साम्पाङले धार्मिक सद्भाव बिथोल्न खोजे

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले धरान उपमहानगरका मेयर हर्क साम्पाङले धार्मिक सद्भाव खल्बल्याउन खोजेको टिप्पणी गरेका छन् । पछिल्लो समय साम्पाङले सामाजिक सञ्जालमा व्यक्त गरेका अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष थापाले यस्तो टिप्पणी गरेका हुन् ।

‘सनातन धर्म संस्कृतिप्रति भ्रम सिर्जना गर्ने र हिन्दुहरुलाई चुनौती दिने धरानका मेयर हर्क साम्पाङको अभिव्यक्ति ठिक लागेन। हिन्दु, वौद्ध, किरात,प्र कृतिपूजक हामी सबै सनातन धर्म संस्कृतिको बृहत परिवारका सदस्य हौँ’, उनले भनेका छन्, ‘परस्पर सद्भाव र सहकार्य हाम्रो विशेषता हो। सनातन धर्मले जातीय विभेदलाई स्विकार गर्दैन भन्ने पनि बुझिदिन आग्रह छ।’

उनले अगाडि लेखेका छन्, ‘धरानको खानेपानी समस्या समाधान गर्न हर्क साम्पाङले गर्नुभएको उत्कृष्ट कार्यको प्रशंसा गर्दैगर्दा धार्मिक सद्भाव खलबल्याउने उहाँको अभिव्यक्ति भने सहज र उपयुक्त लागेन ।’

धरानका मेयर साम्पाङले केही दिनअघि मन्दिरअघि चर्च बनाउनेलगायत केही विवादित अभिव्यक्ति दिएका छन् । उनका अभिव्यक्तिको चारैतिर आलोचना भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved