दुबईमा बन्दैछ विश्वको सबैभन्दा ठूलो एयरपोर्ट, ५ वटा रनवे

नेपालभ्युज

दुबईमा बन्दैछ विश्वको सबैभन्दा ठूलो एयरपोर्ट, ५ वटा रनवे

काठमाडौं । युएईको दुबई सहरमा विश्वकै ठूलो विमानस्थल बन्ने भएको छ । यसको नाम अल मकतूम अन्तर्राष्ट्रिय विमानस्थल हुनेछ ।

अल जजीराका अनुसार यसलाई निर्माण गर्न ३५ अर्ब डलर अर्थात् करिब २.९२ लाख करोड रूपैयाँ लाग्ने अनुमान छ ।

युएईका प्रधानमन्त्री शेख मोहम्मद बिन रसिद अल मकतूमले सामाजिक सञ्जालमार्फत् सो जानकारी दिएका हुन् ।

उनले नयाँ विमानस्थल दुबई अन्तर्राष्ट्रिय विमानस्थलभन्दा ५ गुणा ठूलो हुने बताए ।

यहाँबाट हरेक वर्ष २६ करोड यात्रूले यात्रा गर्ने अनुमान गरिएको छ । यो परियोजना दुबईको अल मकतूम अन्तर्राष्ट्रिय विमानस्थलमा सुरू हुनेछ।

यहाँ ५ वटा समानान्तर रनवे हुनेछन्, अर्थात् यहाँबाट एकैपटक ५ वटा विमान उड्न वा अवतरण गर्न सक्नेछन् । यसबाहेक विमानस्थलमा ४ सय टर्मिनल गेट रहनेछन् ।

प्रधानमन्त्री मकतूमले नयाँ विमानस्थलको डिजाइन स्वीकृत भएको बताए । यस विमानस्थलको कुल क्षेत्रफल ७० वर्ग किलोमिटर हुनेछ ।

आगामी १० वर्षमा निर्माण गर्ने लक्ष्य राखिएको छ । परियोजना पूरा भएपछि दुबई अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन नयाँ अल मकतूम एयरपोर्टमा हस्तान्तरण हुनेछ।

यस परियोजना अन्तर्गत दुबई दक्षिणमा एयरपोर्ट वरिपरि पूरै सहर बनाइनेछ। यससँगै १० लाख जनताका लागि आवास आयोजनाको काम पनि पूरा हुनेछ ।

दुबई एयरपोर्ट हाल विश्वको सबैभन्दा व्यस्त अन्तर्राष्ट्रिय विमानस्थल हो।

सन् २०२२ मा करिब ६.६ करोड यात्रूले यस विमानस्थलबाट यात्रा गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved