इलाममा एमाले विजयी, कांग्रेस साढे ५ हजारभन्दा बढी मतले पराजित

नेपालभ्युज

इलाममा एमाले विजयी, कांग्रेस साढे ५ हजारभन्दा बढी मतले पराजित

काठमाडौं । इलाम २ मा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी भएका छन् ।

नेपाली कांग्रेसका डम्बर खड्कालाई ५ हजार ८ सय ३० भोटले पछि पार्दै सुहाङ विजयी भएका हुन् ।

सुहाङले २७ हजार ७ सय ७२ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी कांग्रेसका खड्काले २१ हजार ९ सय ४२ मत पाए ।

२०७९ को निर्वाचनमा कांग्रेसका खड्का सुवाससँग ११४ मतको झिनो अन्तरले पराजित भएका थिए । अहिले छोरा सुहाङसँग फराकिलो मतान्तरमा हारेका छन् ।

अघिल्लोपटक कांग्रेस नेकपा (माओवादी केन्द्र)सहितको गठबन्धनबाट चुनाव लडेको थियो । यो पटक एक्लै लडेको थियो । यो पटक माओवादी केन्द्रले एमालेलाई साथ दिएको थियो ।

संविधानसभा अध्यक्ष एवं एमाले तत्कालिन उपाध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्वाङको कान्छा छोरासमेत रहेका सुहाङले शानदार मतका साथ विजयी हुँदै पिताको विरासत जोगाएका छन् । इलाममा उनका पिता सुवासले २०५६ देखि निरन्तर चुनाव जित्दै आएका थिए ।

पहिचानवादी उम्मेदवार डकिन्द्र थेगिम ११ हजार ४५७ भोट ल्याएर तेस्रो हुँदा चौथो स्थानमा रास्वपाका मिलन लिम्बूले ५ हजार ५० भोट प्राप्त गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved