आफूलाई उद्योग खोल्न नदिने वनको भवन भत्काउन हर्क साम्पाङले अघि बढाए प्रक्रिया

मेयर साम्पाङले तीनकुने स्थित निर्माणाधीन प्रदेश १ वन निर्देशनालयको भवन अवैध रूपमा निर्माण भएको भन्दै भत्काउने चेतावनीसहित सोमबार सूचना टाँस गराएका छन्।

नेपालभ्युज

आफूलाई उद्योग खोल्न नदिने वनको भवन भत्काउन हर्क साम्पाङले अघि बढाए प्रक्रिया

काठमाडौं। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र वन निर्देशनालयबीचको विवादले नयाँ रूप लिइएको छ। बन क्षेत्रमा आफूलाई साबुन उद्योग खोल्न नदिइएको मेयरले  वन निर्देशनालयको भवन भत्काउने चेतावनी दिएका छन्।

मेयर साम्पाङले तीनकुने स्थित निर्माणाधीन प्रदेश १ वन निर्देशनालयको भवन अवैध रूपमा निर्माण भएको भन्दै भत्काउने चेतावनीसहित सोमबार सूचना टाँस गराएका छन्।

वन निर्देशनालयको भवन वन क्षेत्रभित्र निर्माण भइरहेको छ। विराटनगरलाई प्रदेश १ को राजधानी घोषित गरेपछि वन मन्त्रालयको निर्देशनालय धरानमा राख्ने योजनाअनुसार उक्त भवन निर्माण भएको हो। तर सो भवन भत्काउने मेयर साम्पाङले चेतावनी दिएका हुन्। वन मन्त्रालय अन्तर्गतको करिब ९ करोडको बजेटमा भवन  बनिरहेको छ।

उपमहानगरपालिका प्रमुख हर्कराज साम्पाङको हस्ताक्षर रहेको सूचनामा भनिएको छ, ‘‘धरान उपमहानगर क्षेत्रभित्र भौतिक संरचना निर्माण गर्दा धरान उपमहानगरपालिकाको अनिवार्य निर्माण स्वीकृति लिनुपर्ने र नक्सा पास गराएर मात्रै निर्माण गर्नुपर्ने नियम रहेको हुँदा सो नियमअन्तर्गतको कुनै पनि प्रक्रिया पूरा नगरी नियम मिचेर बनाएको देखिएकाले निर्माण कार्य तुरुन्त रोकी प्रक्रियामा आउनु होला‚ अन्यथा अवैध संरचना हटाउनुपर्ने नियमअनुसार कारबाही अघि बढाइने ब्यहोरा जानकारी गराइन्छ।’’

वन क्षेत्रभित्र पर्ने धरान–२० स्थित नमुना टोलमा प्रमुख साम्पाङले माया धराने साबुन उद्योग सञ्चालन गर्न खोज्दा वन डिभिजन कार्यालय साम्पाङविरुद्ध अदालत गएको थियो।

उच्च अदालतले साम्पाङलाई वन क्षेत्रमा कुनै पनि निर्माणको कम नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको थियो। त्यसपछि क्रुद्ध भएका मेयरले बन निर्देशनालयको भवन भत्काउने सूचना टाँसेका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved