इलाममा कांग्रेसको चुनावी सभा (तस्वीरहरू)

इलाममा कांग्रेसको चुनावी सभा (तस्वीरहरू)

इलाम। इलाम क्षेत्र नम्बर २ मा आसन्न प्रतिनिधि सभाको उपनिर्वाचनका लक्षित गरि नेपाली कांग्रेस इलाम जिल्ला कमिटीले शनिबार इलाम बजारमा चुनावी सभाको आयोजना गरेको छ।

यहि बैशाख १५ गते हुन गइरहेको उपनिर्वाचनलाई लक्षित गरि कांग्रेसले उक्त सभाको आयोजना गरेको हो।

निर्वाचन क्षेत्रको विभिन्न स्थानबाट भेला भएका कार्यकर्ताहरू स्थानिय खेलमैदानमा जम्मा भई र्‍यालीसहित इलाम बजारमा रहेको लाकुरी चौतारीमा जम्मा भएका थिए।

सभालाई कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा, इलाम २ का कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्का लगायतका नेताहरूले सम्बोधन गरेका थिए।

इलाम २ को उपनिर्वाचनमा कांग्रेस र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ।

तस्वीरहरू


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved